पोखरामा शुक्रबार पेट्रोलियम पदार्थ बितरण गरिदै छ (बिबरण सहित )


मोहन मुन /पोखरा, पोखरामा यहि शुक्रबार ६ वटा पेट्रोल पम्प र १६ वटा पम्पबाट डिजेल वितरण गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको वैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ निम्नानुसार वितरण गर्ने निर्णय गरेको छ।

पेट्रोल बाड्ने पम्पको नाम र ठेगाना

१ वेलकम आयल स्टोर्स, लेखनाथ पेट्रोल ६००० लिटर
२ ऋषि एण्ड व्रदर्श, बुद्धचोक पोखरा पेट्रोल ६०००
३ जगदम्वा आयल स्टोर्स, विरौटा पोखरा पेट्रोल ६०००
४ रानीपौवा आयल स्टोर्स, रानीपौवा पोखरा पेट्रोल ६०००
५ कालिका फ्यूल स्टेशन, मालेपाटन पेट्रोल ३०००
६ सागर आयल स्टोर्स, पोखरा पेट्रोल ६०००

डिजेल
१ शुभ जगदम्वा आयल स्टोर्स, लेखनाथ डिजेल ६०००
२ डिआर आयल स्टोर्स, पोखरा डिजेल ६०००
३ मनोकामना आयल स्टोर्स, पोखरा डिजेल ६०००
४ इन्द्रज्योती आयल लेखनाथ डिजेल ६०००
५ पञ्चरत्न आयल स्टोस पोखरा डिजेल ६०००
६ हिमालय पेट्रोल क. प्रा.लि. पोखरा डिजेल ६०००
७ अन्नपूर्ण आयल स्टोर्स पोखरा डिजेल ६०००
८ वृहस्पति आयल स्टोर्स, पोखरा डिजेल ६०००
९ बराल आयल स्टोर्स, मासवार पोखरा डिजेल ६०००
१० कालिका फ्यूल स्टेशन, मालेपाटन डिजेल ९०००
११ विश्वास आयल स्टोर्स, पोखरा डिजेल ६०००
१२ लान्द्रुक पेट्रोल स्टेशन, पोखरा डिजेल ६०००
१३ न्यू सिद्धार्थ आयल नौडांडा स्याङ्जा डिजेल ३०००
१४ नेपाल पेट्रोल सप्लायर्स, स्याङ्जा डिजेल ३०००
१५ अर्विन उण्ड सुमिन खैरेनीटार डिजेल ३०००
१६ भिमाद आयल स्टोर्स, भिमाद डिजेल ३०००
१. उपरोक्त पेट्रोल पम्पहरुबाट निम्नानुसारको सवारीहरुलाई निम्नानुसार वितरण गर्ने ः
क. ठूलो वस – रु. ५०००।– बराबरको
ख. सानो बस – रु. ३५००।– बराबर
ग. माइक्रो वस – रु. २०००।– बराबरको
घ. खाद्यान्न ढुवानी ठूलो मालवाहक ट्रक – रु. ८०००।– बराबरको
ङ. खाद्यान्न ढुवानी मिनी ट्रक – रु. ५०००।– बराबरको
च. स्थानीय ढुवानी पिकअप÷भ्यान जीपहरु – रु.१०००।– बराबरको
छ. विविधि सवारी – रु. १०००।– बराबरको
ज. सरकारी तथा सार्वजनिक संस्थानका गाडीहरु – रु. १५००।– बराबरको
झ. पानी÷दुध बोक्ने ट्यांकरहरु – रु.३०००।– बराबरको
ञ. एम्बुलेन्स÷शव वाहन – रु. १५००।– बराबरको
ट. ट्याक्सी÷निजीकार–रु. ७००।– बराबरको
ठ. मोटरसाईकल–रु.३००।– बराबर र स्कुटर–२००।– बराबरको
२. निम्न लिखित संस्थालाई निम्नानुसारको परिमाणमा अभिलेख राखी कालिका फ्युल स्टेशनबाट डिजेल वितरण गर्ने निर्णय गरियो ।

(क) मणिपाल अस्तपाल – ५०० लि.
(ख) गण्डकी मेडिकल कलेज – ५०० लि.
(ग) प.क्षेत्रीय अस्पताल, पोखरा–५०० लि.
(घ) नेपाल टेलिकम– ७०० लि.
(ङ) एनसेल – १०० लि.
(च) हेलो नेपाल– १०० लि.
(छ) रेडियो नेपाल – ५०० लि.
(ज) पशु विकास फार्म – १००० लि.
(झ) फोहोर वोक्ने गाडीहरु (पो.उ.म.न.पा.) – २५० लि.
(ञ) एफ.एम.रेडियो स्टेशनको लागि ४४० लि.
(ट) छापा (दैनिक, साप्ताहिक) मिडिया हाउस २०० लि.
(ठ) टि.भि. हाउस १०० लि.
(ड) केवल टि.भि. १२० लि.
(ढ) नेपाल विद्युत प्रा. (मर्मत) ३०० लि.
(ण) अन्य अस्पतालहरु ५० लि.
(त) एयर लायन्सहरु १०० लि.
(थ) सुरक्षा निकाय – आवश्यकता अनुसार