भारत प्रति अब छुट्टै सवाल हुनुपर्छ


– उमेश अधिकारी
महासचिव,एनआरएनए स्पेन

डिजल पेट्रोल मात्र हैन कुरा नयाँ सम्बन्धको
भारत प्रति अब छुट्टै सवाल हुनुपर्छ

धेरै सह्यौं गोर्खेहर्ले भारतीय दादा गिरी
स्वाभिमानको खातिर अब बबाल हुनुपर्छ
भारत प्रति अब छुट्टै सवाल हुनुपर्छ

कति मात्र बस्ने हामी दिनदिनै हेपीएर
उसको पनि हाम्रो जस्तै बेहाल हुनुपर्छ
भारत प्रति अब छुट्टै सवाल हुनुपर्छ

कालापानी सुस्ता गर्दै आईपुग्दा लिपुलेक
अब हाम्रो कलकत्ता हाम्रो हुनुपर्छ
भारत प्रति अब छुट्टै सवाल हुनुपर्छ

बस नचले नचडौला नुन नपाए खान्नौं बरु
देशको खातीर हामी सबै एक बन्नुपर्छ
भारत प्रति अब छुट्टै सवाल हुनुपर्छ