विद्या भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्बाचित


काठमाडौं । नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् । राष्ट्रपति निर्वाचनमा नेकपा एमालेकी नेतृ विद्यादेवि भण्डारीको पक्षमा ३ सय २७ मत खसेको संसद् स्रोतले जानकारी दिएको छ ।

उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका छन् । मतदानमा जम्मा ५ सय ४९ मत खसेको थियो भने ४८ सांसद् अनुपस्थित थिए ।राष्ट्रपति पदमा निर्वाचित भएपछि सञ्चारकर्मीलाई पहिलो प्रतिक्रिया दिँदै भण्डारीले मुलुकको सार्वभौमिकता र संविधानको रक्षा गर्दै समृद्धिका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।