बार्सिलोनामा राजेशपायलको लाईभ प्रस्तुती ( सम्पूर्ण भिडियो एकै ठाउँमा)


वसन्त रानाभाट /बार्सिलोना

तिमी सँग जिउँने मर्ने चाहाना छ मेरो,
म तिमी बिना अधुरो,तिमी म बिना अधुरो,
मलाई जुनी जुनी तिम्रै हुने मन छ,फेरि फेरि नाई नभन्नु ल…।

नेपाली पाश्व गायनका नक्षेत्र, गायक राजेशपायल राईले यहिँ गीत सँगै बार्सिलोनाको स्टेज चढे। नाई नभन्नु ल जस्तो प्रेम भावाना जोडिएको गीतबाट सुरु गरेका गायक राईले नेपाली चलचित्र ठुलीको शिर्ष गीत गाउँदै गर्दा दर्शकहरु झनै उफ्रिए। गायक राई सँगै दर्शकहरुले एकै स्वरमा भने, “मेरो लाहुरे यतिका दिन बसेको थिए, तिम्रै नाममा भुली,झलझली याद आउँछ तिम्रै नाकको फुली,म त मर्छु कि क्या हो ठुली।”

बढी युवा पुस्ताका दर्शकहरु सहभागी कार्यक्रममा गायक राईले नेपाली पाश्व गीतहरु मात्र नभई सुगम संगीतलाई पनि खुलेर गाए। उनले कार्यक्रममा आफ्नो एल्बम कामानालाई सम्झिदै, सोही एल्बमबाट सुनाए, “शिरै फुल शिरबन्दी,हातमा रुमाल काँधमा गलबन्धी।”

गायक राईले प्राय: बोलीचालीमा प्रयोग गर्ने “दर्शन नमस्ते” लाई पनि कार्यक्रममा छुटाएनन्। दर्शन नमस्ते एल्बमबाट शिर्ष गीत सुनाए। दर्शकको माग अनुसार बियोगान्त गीतलाई भन्दा नचाउने गीतहरुलाई जोड दिएका गायक राईले लोक संगीतको भावलाई पनि छुटाएनन्। उनले “खोटाङ् बजार हितैको मायालाई लाए नजर” बोलको गीत गाउँदा सहभागी धेरैले कम्मर मर्काए।

12034375_535768909932016_5874161657095185617_oराई इज किङ्ग लगायत बिभिन्न उप-नामले परिचित नेपाली साँङ्गीतिक धरोहर गायक राईले बार्सिलोनाको चिसिदै गरेको मौसमलाई राम्रै सँग तताए। गायक राईले चलचित्र लोफरको “एक्कासी दुक्कासी” बोलको गीत गाउँदा बार्सिलोनाका दर्शकहरुले एक्कासी गर्मी नै बढेको महशुस गरे।

उनले नयाँ चलचित्र “फुलै फुलको मौसम तिमीलाई” को शिर्ष गीत पहिलो पटक,दशैको कोसेली भन्दै बार्सिलोना बासी नेपालीहरुलाई सुनाए। प्राय: संसारका सबै देशहरुमा पुगी नेपाली संगीतलाई बिश्व माँझ पुर्याउन सफल गायक राईले बार्सिलोनामा भएको आफ्नो पहिलो साँङ्गीतिक प्रस्तुतीलाई लोकप्रिय गीत, “सागर सरी चोखो माया तिमीलाई दिउँला” बाट अन्त्य गरेका थिए।

( सम्पूर्ण भिडियो एकै ठाउँमा)