स्याङ्जा सहयोग समाजको पहिलो विश्व सम्मेलन सम्पन्न, अध्यक्षमा रोकाहा निर्बाचित


स्याङ्जा/ स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय परिषदको प्रथम विश्व सम्मेलनले चन्द्र बहादुर रोकाहालाई केन्द्रिय अध्यक्षमा सर्बसम्मत चयन गरेको छ। संसारभर बिभिन्न मुलुकहरुमा गठन भएका समाजका प्रतिनिधिहरुले युएईका सँस्थापक अध्यक्ष समेत रहेका रोकाहालाई सर्बसम्मत निर्बाचित गरेका हुन्।

सम्मलेनबाट नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा अजिज अलि (कतार) ,सन्तोष श्रेष्ठ( स्पेन ) र एक जना जापानबाट उक्त देशको समितिले नाम सिफारिस गरे पछि परिषदले मनोनित गर्ने छ।

यस्तै महासचिवमा ख्याम नारायण काफ्ले (युएई) , सचिवभोला पौडेल (साउदी) , श्यामकला तिवारी (अमेरिका) ,कोषाध्यक्ष ऋषि बस्याल, सह-कोषाध्यक्ष बिजय ढुंगाना (कुवेत) रहेका छन् । त्यसै गरि सदस्यहरुमा रमेश श्रेष्ठ, हुमनाथ ढकाल, सोम बहादुर कुवर, रामचन्द्र बस्याल, बेद पाठक, क्षेत्र कुमार श्रेष्ठ गरी ३१ सदस्यीय कार्यसमिती बिश्व सम्मेलनले तोकेको छ।12168113_1068911136461351_1334693795_nपरिषदका अध्यक्ष अनन्त कुमार श्रेष्ठको अध्यक्षतामा स्याङ्जामा सम्पन्न सम्मेलनमा प्रमुख अतिथिको रुपमा स्याङ्जाका सभासद राजु थापाले कार्यक्रमको उद्घाटन गरेका थिए। 

बिभिन्न देशहरुमा गठन भएका समाजले आ- आफ्ना गतिबिधिहरु बिश्वसम्मेलनमा प्रस्तुत गरे। सम्मेलनले अन्तराष्ट्रिय स्तरमा नै संजाललाई अझै बिस्तार गरी बिश्व भर रहेका स्याङ्जाली हरु बीच भ्रातृत्व बिकास गर्ने निर्णय गरेको छ। सम्मेलनले घोषणा पत्र जारी गर्दै जिल्लाको आर्थिक,सामाजिक बिकासका लागि बिभिन्न कार्य योजनाहरु तय गरेको छ।

“सम्बृद्द स्याङ्जाका लागि बिश्व अभियान” भन्दै यही अक्टोबर १९ र २० तारिक करिब बिस देशका दुई सय प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला बिकास समितिको सभाकक्षमा बिश्व सम्मेलन सम्पन्न भएको हो।