के छैन र मेरो देश नेपालमा ?


शालिक राम डुम्रे
अध्यक्ष,नेपाली जनसम्पर्क समिति,स्पेन
मन छन् तरङग छन् खुशी हाँसो र पिर छन्,
मनै रसाउने छहरा र छाती धडकने भिर छन्।
के छैन र मेरो देश नेपालमा,
संसारमै अग्लो सगरमाथा देश नेपालको शिर छ, सबै कुरा ठीक ठाक छ।
मोज छ मस्ती छ यश आरम र सयल छ,
को भन्न सक्छ यहाँ खै के को अभाव छ, सयौ बर्ष ईतिहास बोकेका राजनैतीक पार्टी छन, गर्व गर्न मिल्ने गोर्खा र बहादुरको ईतिहास छ !!
त्यसैले त म भन्छु सबै कुरा छन यहाँ,मालामाल छ जनक, सिता र बुद्ध जन्मेको मेरो देश नेपालमा शान्ती र बुद्धीको अनिकाल छ ।।

तपाईको प्रतिक्रिया