कास्की सेबा समाज स्पेनको दशै शुभकामाना आदानप्रदान कार्यक्रम सम्पन्न


बार्सिलोना/ कास्की स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले खोलेको कास्की सेवा समाज स्पेनले बडा दशैको उपलक्ष्यमा शुभकामाना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा समाजले गत आईतबार बार्सिलोनामा शुभकामाना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो।

स्पेनमा रहेका कस्केलीहरु बीच शुभकामना आदान-प्रदान, नाचगान,घैटो फुटाउने,चिट्ठा कार्यक्रम लगायत दशै परिकारहरु बनाई खुसियालीमा रमाएका थिए। जिल्लाबासीहरु मात्र भएको कार्यक्रममा चितवन समाज स्पेनले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा कास्की दोस्रो भएकोमा सहभागीहरुलाई खादा लगाई सम्मान गरिएको थियो। सहभागीहरु राजेन्द्र कडेल,पुष्प केसी र बल बहादुर कार्कीलाई बधाई दिदै समाजले सम्मान गरेको हो।

12170395_935507439819546_82958410_nसमाजका अध्यक्ष दिननाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकारहरु बेलकाजी गुरुङ,शिब लामिछाने,बसन्त रानाभाट,तमु समाज स्पेनकि अध्यक्ष ज्योती गुरुङ लगायतले शुभकामाना मन्तब्य राखेका थिए। उपाध्यक्ष राजेन्द्र कडेलले स्वागत मन्तब्य ब्यक्त गरे भने कार्यक्रमको संचालन सहसचिब कुमार गुरुङले गरे।

12180042_935507486486208_204751601_n12178047_935507333152890_721232406_n12177792_935507309819559_2003135401_n