क्षेत्री समाज बेल्जियमले दशैँ मनायो


बेल्जियम/ नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा क्षेत्री समाज बेल्जियमको आयोजनामा गत बिहीबारका दिन लुभेन शहरमा अवस्थित रेष्टुरेन्ट डीएफसी को सभा हलमा दशैँ बिशेष कार्यक्रम सम्पन्न भएको छ ।

बिगतका बर्षहरु जस्तै यस बर्ष पनि दशैं बिशेष कार्यक्रम संगै दशैंको टिका ग्रहण गर्ने कार्यक्रम समेत तय गरिएको थियो । नेपालमा रुपन्देहीको भैरहवा घर भइ बेल्जियम केर्बेर्गेंन शहरमा बसोबास गर्नु हुने बाबुराम शर्माका पुज्यनीय बुवा बर्ष ८९ (उनानब्बे बर्ष) का श्री नन्द राम खनाल को हात बाट उपस्थित महानुभाव हरुले टिका ग्रहण तथा आसिर्बाद लिएका थिए । साथै अन्य उपस्थित मान्यजनहरु बाट समेत टिका ग्रहण गरिएको थियो ।

unnamed-128कार्यक्रमा क्षेत्री समाज बेल्जियमका अध्यक्ष मोहन खत्रीले बिशेष अतिथिको रुपमा उपस्थित हुनुभएका नन्दराम खनाल लाई संस्थाको तर्फ बाट बिशेष सम्मान गरेका थिए भने प्रवासमा रहेर पनि नेपाल र नेपालीका बिबिध सास्कृतिक कार्यक्रम अन्तर्गत दशैँ, तिहार तथा नेपाली नया बर्षलागएत बिबिध कार्यक्रम हरु बेल्जियम नेपालीका माझ गर्दै आएको बताएका थिए ।

उपस्थित महानुभाव हरुले टिका ग्रहण साथै एकापसमा शुभकामना आदान प्रदान गर्दै खानपिन सहित मनोरंजन लिएका थिए ।