स्पेनको कोस्टाब्लान्कामा दशैँ कार्यक्रम सम्पन्न (फोटोफिचर सहित )


प्रकाश तिवारी/ बेनिडर्म स्पेन
स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको दशैं बिशेष कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ। बिहिबार बेनिडर्म स्थित ४ तारे होटलमा सम्पन्न भएको कार्यक्रममा कोस्टाब्लान्काका विभिन्न ठाउँहरु तोरेभियजा, पेगो, जाबिया, डेनिया, मोराइरा, काल्पे, आल्तिया, आल्बिर र बेनिडर्म लगायतका ठाउँबाट आएका नेपालीहरुको व्यापक सहभागिता रहेको थियो।

रातको करिब १० बजे तिर शुरु भएको कार्यक्रमको शुरुवातमा खाना खाने कार्यक्रम रहेको थियो र करिब डेढ घण्टामा सबैले खाना खाइ सकेपछि रातको ११:३० बाट औपचारिक कार्यक्रमको आरम्भ गरिएको थियो।

अत्यन्तै छोटकरीमा सम्पन्न गरिएको औपचारिक कार्यक्रमको शुरुवातमा कार्यक्रमको प्रायोजन समेत गरेका बिभिन्न ब्यबसायी तथा समाजसेवी व्यक्तिवहरु क्रमस गोर्खा प्यालेस नेपाली रेस्टुरेन्ट जाबियाका संचालक तथा समाजका निबर्तमान अध्यक्ष लाल बहादुर केसी, रोयल बुद्व तन्दुरी मोराइराका संचालक तथा समाजका निबर्तमान उपाध्यक्ष राजन थापा, काठमान्डौ रेस्टुरेन्टका संचालक तथा समाजका निबर्तमान सह-सचिव मुकुन्द लामिछाने, बुद्व प्यालेस जाबियाका संचालक तथा समाजका सस्थापक सदस्य सुरेन्द्र भुजेल, बेस क्याम्प काल्पेका संचालक तथा समाजका सदस्य बिजय थापा, एभरेष्ट तन्दुरी काल्पेका संचालक तथा समाजका सदस्य खिमलाल गौतम (इश्वर), रोयल बुद्व तन्दुरी मोराइरका अर्का संचालक तथा समाजका सदस्य महादत्त कंडेल र एनआरएन स्पेनका सस्थापक आइसीसी तथा समाजका सल्लाहकार बिरेन्द्र श्रेष्ठ लाई अतिथिको रुपमा आसन ग्रहण गराइएको थियो।

unnamed-122आसन ग्रहणकै बेला गत हप्ता मात्र नयाँ कार्यकालको अध्यक्ष पदका लागि सर्बसम्मतद्वारा चुनिएका रितेश श्रेष्ठलाई परिचित गराइएको थियो भने कार्यसमितिका बाँकि पदाधिकारीको पनि सोहि कार्यक्रममा घोषणा गर्ने भनिए पनि कार्यसमितिका पदाधिकारी चयन गर्न पर्याप्त समय नभएको बताउँदै केहि दिनमा अर्को भेला बोलाउने र उक्त भेला बाट बाँकि कार्यसमीतिको पद पूर्ति गरिने सूचना समेत गरिएको थियो।

आसन ग्रहण लगत्तै कार्यक्रमको औपचारिक उदघाटन साना साना बाल बालिकाहरुलाई मन्चमा बोलाएर उनीहरुको हातबाट पनासमा बत्ति बाल्न लगाएर गरिएको थियो। कार्यक्रमको औपचारिक उदघाटन पश्चात नेपाली राष्ट्रिय गान प्रस्तुत गरिएको थियो। राष्ट्रिय गान प्रस्तुत गरे संगै प्रथम चरणको औपचारिक कार्यक्रम सम्पूर्ण रुपमा समाप्त भएको थियो।

unnamed-124यसरी अत्यन्तै सम्क्षिप्त रुपमा सम्पन्न भएको औपचारीक कार्यक्रम पश्चात बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। कार्यक्रमको शुरुवातमा कलाकार तथा बाँसुरी बाधक धन सापकोटाले अत्यन्तै मिठो बाँसुरीको धुन बजाएर तथा गित गाएर मनोरन्जन प्रदान गरेका थिए भने उनलाई मादलमा महादत्त कंडेलले साथ दिएका थिए।

कार्यक्रममा कलाकार प्रविन गुरुङ्ले गित प्रस्तुत गरेका थिए भने अर्का कलाकार सागर खत्रीले विभिन्न समसामयिक बिषयमा आधारित हास्यब्यंग चुट्किलाहरु प्रस्तुत गरेर सबैलाई हसाउन सफल भएका थिए। त्यसैगरी कार्यक्रममा हाल स्पेनमा बसोबास गर्ने कुनै बेला चितवनको नारायणी कला मन्दिरमा आवद्व रहनु भएकी चर्चित नृत्यांगना मुना घिमिरेले कम्मर माथि पटुकी बोलको गीतमा बेजोड नृत्य प्रस्तुत गरेर सबैलाई मनोरन्जन प्रदान गर्न सफल भईन। कार्यक्रममा बिभिन्न कलाकारहरुका एकल प्रस्तुतिहरु सकिए पछि विभिन्न नेपाली लोकप्रिय गीतहरु बजाएर उपस्थित सबै जनाले उफ्रदै, बस्दै नाचेर भरपुर् मनोरंजन लिएका थिए।

unnamed-127सांगीतिक कार्यक्रमकै बिचमा २ युरोको चिट्ठा लिएर लक्की ड्र मार्फत ७ जनालाई भाग्यशाली बिजेता चुनिएको थियो र उनीहरु मध्य ४ जनाले इलेक्ट्रिक पिज्जा प्यान र ३ जनाले राइस कुकर प्राप्त गरेका थिए यसरी लक्की ड्र मार्फत उपहार जित्नेहरुमा प्रकाश तिवारी, सुनिता अधिकारी, रुद्र खत्री, सबिना महत, बिजय थापा, र आयाम लामिछाने र सिता केसी रहेका थिए। लक्की ड्र का बिजेताहरुलाई कार्यक्रमका सम्पूर्ण अतिथिहरुले एक एक गर्दै उपहार वितरण गरेका थिए।

त्यसैगरी कार्यक्रममा उपस्थित १० बर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुलाई मन्चमानै बोलाएर बिशेष किसिमले उपहार बितरण गरिएको थियो भने उक्त उपहार वितरण समाजमा आबद्व बिभिन्न व्यक्तित्वहरु बिरेन्द्र श्रेष्ठ, जीवन महत, सुरेश पौडेल र राजु पाण्डेले गर्नु भएको थियो। साना बाल बालिकाहरुलाई कार्यक्रममा बिषेश महत्व दिदैं उनीहरुलाई कार्यक्रम प्रति आकर्षित गराउन पनि समाजले प्राय जस्तो कार्यक्रममा बालबालिकाहरुलाई निशुल्क उपहार बितरण गर्दै आएको छ।

unnamed-123त्यसैगरी कार्यक्रमलाई अझै रोचक बनाउन कार्यक्रमको अन्त्य तिरको छोटो समयमा कुईज कार्यक्रम गरिएको थियो जसमा केहि रमाइला प्रश्नहरु सोधिएको थियो र प्रश्नको सहि जवाफ मिलाउनेलाई उपहार समेत प्रदान गरिएको थियो यसरि संचालन गरिएको क्विज कार्यक्रममा सहि जवाफ दिनेमा क्रमस: दिवाकर गुरुङ, बिजया थापा, बाबुराम गौतम रहेका थिए।

रातको साढे २ बजे सम्म पनि अन्यन्तै उत्साहका साथ चलेको कार्यक्रममा सफल तथा भव्य रुपमा सम्पन्न गर्नका लागि स्वयंसेवकहरुले आफुँलाई दिएको जिम्मेवारीलाई गम्भिरतापूर्वक लिंदै कार्यक्रमको सहज ब्यबस्थापन गरेका थिए। यसरि कार्यक्रमलाई सफल रुपमा सम्पन्न गर्न कार्यक्रम संयोजक सुरेश बज्राचार्यको नेतृत्वमा खटिने स्वयंसेवकहरुमा अतिथि सत्कारका लागि प्रवेश द्वारमा बिरेन्द्र श्रेष्ठ, टिकट ब्यबस्थापनमा शुष्मा ढुंगाना र सुरेश बज्राचार्य, फोटो तथा भिडियोको लागि कोशिष राज महर्जन र शैलेश बज्राचार्य,खटिएका थिए।

unnamed-125लक्की ड्र ब्यबस्थापनमा रोजिना श्रेष्ठ, झरना बास्तोला र हौसला हमाल (पुनम), गिफ्ट ब्यबस्थापनमा सुनैना श्रेष्ठ, अभिना बज्राचार्य र मन्जु महर्जन, खाना ब्यबस्थापनमा मनिष पोखरेल र निरज लुइँटेल, साउण्ड सिस्टम तथा अन्य भैपरी आउने बिबिध कामको ब्यबस्थापनमा रितेश श्रेष्ठ रहेका थिए भने यसरि सम्पन्न भएको सम्पूर्ण कार्यक्रमको संचालन प्रकाश तिवारीले गरेका थिए।

तपाईको प्रतिक्रिया