राई ईज किङ्गको साथमा स्पेनमा “दशै बिशेष कार्यक्रम”


बार्सिलोना/

नेपाली चर्चित गायक राजेशपायल राई दशै बिशेष कार्यक्रममा बार्सिलोना आउने भएका छन्। दशैको युरोप टुर यात्रामा रहेका राई बार्सिलोना पनि आउँने भएका हुन्। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आयोजना गर्न लागेको दशै तिहार बिशेष साँस्कृतिक कार्यक्रममा राईको जोडदार प्रस्तुति रहने भएको छ। कार्यक्रम आगामी अक्टोबर २५ तारिक बार्सिलोनामा हुँदैछ।

राई ईज किङ्गको रुपमा परिचित गायक राईको डेनमार्क ,स्पेन,नर्वेमा कार्यक्रमहरु तय भईसकेका छन्। २ महिना लामो युरोप टुरमा रहेका गायक राईले युरोपका बिभिन्न मुलुकहरुमा साँगितिक प्रस्तुति राख्ने भएका छन्।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले नेपालीको महान पर्ब वडा दशै तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामाना आदान-प्रदान तथा बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै गायक राईलाई समेत निम्ता दिएको हो।

हरेक बर्ष जस्तै संघले यस पटक पनि स्थानीय कलाकारहरु प्रस्तुती सहित,शुभकामाना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागेको हो। कार्यक्रममा गायक राईको साथमा स्थानीय कलाकारहरुले गीत संगीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक बनाउने भएका छन्।यसका साथै महिला फोरम र नेपाली पाठशालाको पनि बिशेष प्रस्तुती रहेको संघले जनाएको छ।

आगामी अक्टोबार २५ तारिक बार्सिलोनाको सिसिलिया हलमा हुने कार्यक्रम सम्पन्न गर्नको लागि संघका उपाध्यक्ष राजु शमशेर थापाको संयोजकत्वमा बिभिन्न तयारी उपसमितिहरु समेत गठन भएका छन्।

मञ्च ब्यबस्थापनका लागि जानुका रेग्मी,साँस्कृतिक कार्यक्रमका लागि तुलसी शिवाकोटी,आर्थिक संकलनमा पेशल कुमार कोईराला,खाना ब्यबस्थापनमा रामप्रसाद सापकोटा बिराज,टिकट तथा चिठ्ठाका लागि सिता सिंह महर्जन,स्वयंसेवक व्यवस्थापनमा दिपक क्षेत्री र प्रचारप्रसार बिभागको जिम्मा सुबास रानाभाट रहने गरि उपसमितिहरु गठन भएको संघले जनाएको छ।

संघले बिभिन्न राजनीतिक तथा जातीय, धार्मिक, क्षेत्रीय ,सामाजिक संघ संस्था, समाजसेबी, ब्यबसायी, बिद्यार्थी,कलाकार तथा पत्रकार लगायत सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको छ।