साईप्रसमा पप स्टार धिरज राईको क्रेज


– बसन्त रानाभाट,स्पेन

तिमि रुँदा एक्लै हुँदा म पनि रोएको थिए
आँखा भरी आँशु बोकी पर्खी बसेको थिए ,
सबै खाले गीत गाउँन सक्ने नेपाली पपस्टार धिरज राईले मञ्चमा पुग्दा यो गीत धेरै गाउँदै गाएनन्। दशैको साँगीतिक उत्सवमा सहभागी दर्शकहरुले गायक राईलाई उल्टै कण्ठस्थ गाएर सुनाईदिए। पहिलो पटक साईप्रस पुगेका नेपाली माईकल ज्याक्सनका रुपमा परिचित गायक राईले हरेक गीत गाउँदा आँफूले थोरै गाए तर दर्शकको आबाज धेरै सुने।

त्यसो त तिमी रुदा जस्ता भाबुक गीत मात्र हैन दर्शकलाई हौसाउने दर्जन गीत गाएर सुनाए। “लुकीलुकी आँखा तिमी”,”तिम्रा नयन” जस्ता दर्जन लोकप्रिय गीतले दर्शकलाई भरपुर मनोरञ्जन दिए। उनले आफ्नो नयाँ गीत “वान साईडेड लभ मैले तिमीलाई गरेछ” लाई पनि पहिलो पटक साईप्रसबासी नेपालीहरुलाई नै सुनाए।

स्टेज कार्यक्रम गर्दै संसार घुमीसकेका गायक राईले विदेशमा हुने जुन सुकै कार्यक्रममा पनि “बुद्द वाज बन ईन नेपाल” बोल को गीत छुटाउदैनन्। यो गीत गाउँदै गर्दा निकोसियाको बाताबरण निकै शान्त बन्यो। सबै दर्शकहरु निकै भाबुक बनेका थिए।

12132446_920115398081554_917627731725507542_oकार्यक्रम पछि नेपालीनेपाली डटकमसँग  कुराकानी गर्दै गायक राईले कार्यक्रम सोचे भन्दा राम्रो भएको प्रतिक्रिया दिए। उनले भने,”दशैको बेला साईप्रसमा रहेका धेरै चेलीबेटीहरु खुसी भएर नाँच्नु भयो त्यसैमा आनन्द लागेको छ। यति धेरै दर्शकहरुको सहभागिताले कार्यक्रम भब्य र सफल रह्यो।”

कार्यक्रममा स्पेनका नब गायक तुलसी शिवाकोटी लगायत स्थानीय कलाकारहरुले दर्शकहरुलाई खुलेर नचाए।

12119998_920115308081563_808333337277835051_oगैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसले आईतबार निकोसियामा आयोजना गरेको दशै साँगितिक उत्सवमा करिब ६ सयको संख्यामा दर्शकहरुको उपस्थिति रहेको संघका अध्यक्ष सुबास मल्लले जानकारी दिए। अध्यक्ष मल्लले भने,” दिदिबहिनीहरुको संख्या बढी रहेको साईप्रसमा, दशैको बेला घरपरिबारको न्यास्रो मेटाउन कार्यक्रम गरेका हौ,सबै ठाउँहरु बाट आउँनु भयो नाच्नु भयो हामी यसैमा खुसी छौ।’

पहिलो पटक साईप्रस आएका पपस्टार राई मंगलबार नेपाल फर्कदै छन्। देशमा नै दशै मनाउने योजना सुनाउँदै उनले बडा दशैको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुलाई  शुभकामाना समेत ब्यक्त गरेका छन्।

तस्बिर:-ब्रुन मगर 12120149_920115238081570_7656622087562567398_o