पत्रकार माथी भएको दुर्ब्यबारको भत्सना गर्दै, ध्यानआकर्षण…


एन.एन.डि.सी. मिडिया द्वारा संचालित अनलाईन पोर्टल (दर्ता नम्बर १४०९६२) नेपालीनेपाली डटकमका प्रमुख लेखक तथा टिप्पणीकार तथा स्वतन्त्र पत्रकार महासघ कास्कीमा समेत आबद्दता जनाई सकेका, पोखराका युवा पत्रकार एबम समाजसेबी मोहनराज बराललाई मिती २०७२/०७/०२ गते छोरेपाटन पेट्रोल पम्पमा राती ११ बजेर १२ मिनेट जाँदा, पेट्रोल बितरण भई रहेको बेला, पेट्रोल लाईनको तस्विर लिने क्रममा, बडा प्रहरी बैदामको प्रहरी टोलीले दुर्व्यवहार गर्दै, गाली गजोलमा साथ बिना कारण १ रात हिरासतमा लिएको घटनाको जानकारी गराउँदछौ।

पत्रकार - मोहनराज बराल 'मुन'
पत्रकार – मोहनराज बराल ‘मुन’

फेसबुक अभियान मार्फत देश बिदेशमा रहेका दाजुभाईहरुले पठाएको रकमलाई संकलन गरि,भूकम्प प्रभावित ठाउँहरुमा, बिभिन्न चरणमा गरी, ३० लाख रुपैयाँ भन्दा बढि रकम बराबरको राहत बितरण गरी सकेका सामाजिक अभियन्ता बराललाई प्रहरीबाट नै भएको,दुर्ब्यबारले नेपालीनेपाली डटकमलाई स्तब्ध बनाएको छ।

पत्रकारले फोटो खिच्न लाग्दा सुरक्षामा खटिएका प्रहरी टोलीका प्रमुखले मेरो गाडीको तस्बिर किन लिईस भन्दै, पत्रकारको अधिकारलाई कुण्ठित मात्र नभई, दुर्ब्यबार गर्दै एक रात हिरासतमा राखेर,राष्ट्रको चौथो अङ्गलाई नै धज्जी उढाएको ठहर गर्दछौ। बराल प्रति भएको दुर्ब्यबारको घोर भत्सना गर्दै सम्बन्धित निकायको ध्यान आकर्षण गराउँछौ। साथै दोषी उपर कडा कार्बाहीको माग राख्दै आउँदा दिनमा पत्रकार माथि यस्ता घटना नदोहोरिस् भन्दै सम्बन्धित सबैमा सचेत गराउँदछौ।

प्रधान- सम्पादक
बसन्त रानाभाट
सम्पादक
प्रकाश ढकाल
नेपालीनेपाली डटकम