चुनाब हारे पछि टीबी कार्कीले भने- ब्यक्तिले जितेर संघलाई हराउने काम बिरोध योग्य छ


प्रेस विज्ञप्ति
आदरणीय प्रवासी दाजुभाई तथा दिदि बहिनीहरु,
पत्रकार मित्रहरु,
सर्बप्रथम हामी गैरआवासीय नेपालीहरुको एक मात्रै साझा तथा गौरवशली संगठन गैरआवासीय नेपाली संघ(एनआरएनए) को सातौं अन्तराष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्याक्त गर्न चहान्छु । आयोजक र अध्यक्षको प्रत्यासी हुनुको नाताले महाधिबेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद दिन चहान्छु ।

तपाईहरु थाहा छ, यो सातौं महाधिबेशनमा मैले पनि आफ्ना प्रतिबद्धता र ऐजेन्डा सहित नेतृत्वको लागि उम्मेदवारी दिएका थिए । तपाईहरुको साथ, सहयोग र सद्भाव हुँदा–हुदैं पनि यो लोकतान्त्रिक प्रक्रियामा मैले अनेकौं कारणले विजय हासिल गर्न सकिन ।

मेरा प्रतिस्पर्धी एंव संघका पूर्व अध्यक्ष शेष घले ज्यू, निर्वाचित हुनुभएको छ । म उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछु । सफलकार्य कालको लागि हार्दिक शुभकामना व्याक्त गर्दछु । हाम्रो प्यारो जन्मभुमी नेपाल, यहाँ जन्मिएर विश्वभर पुग्नुभएका गैरआवासीय नेपाली र नेपालीहरुको हितमा उहाँको नेतृत्वले गर्ने कामहरुमा मेरो साथ र सहयोग अबश्य रहनेछ । म यो घडीमा प्रतिबद्धता व्याक्त गर्न चहान्छु की यो नेतृत्वले गर्ने सबै असल कामहरुमा मेरो पूर्ण सहयोग रहनेछ, गैरआवासीय अभियानको सिपाहीको नाताले सहयोग गर्नेछु ।

यो निर्वाचनको दौरानमा जे जस्ता झाँकीहरु प्रस्तुत भए अबश्य पनि यो चहिँ हाम्रो लागि दुर्भाग्यको बिषय हो भन्ने लाग्छ । यो आफैमा स्वातन्त्र र स्वयसेवी संघ हो । आजसम्म कुनैपनि राजनैतिक हस्तक्षेपबाट हामीले यो संघलाई बचाइराखेका छौं । तर, यो निर्वाचनको दौरानमा हामीले राजनैतिक हस्तक्षेपको आमन्त्रण गरेका छौं ।

आफूले जित्नको निम्ती अनेकौं शक्त्तीकेन्द्रहरुको प्रयोग हाम्रो भोलीको लागि दुःखत बिषय हो । यस कारण व्याक्ति जितेर संघलाई हराउने काम बिरोधयोग्य छ भन्ने लाग्छ । व्याक्तिले जित्दा जित्दैं संस्थालाई हराउने काम गर्नु बेठिक हो । सामुहिक ऐजेन्डा भन्दा पनि व्यात्तिको ‘ग्यालमर’ तिर ध्यान गए यसको गरिमा र उचाइ घट्दो हुनेछ । त्यतातिर ध्यान दिन मेरो अनुरोध छ ।
मित्रहरु,
गैरआवासीय नेपाल संघले स्थापनाको १२ बर्ष पार गरेको छ । यसबीचमा यो संघ विश्वको ७१ देशहरुमा स्थापित भएका छन् । हामीलाई थाहा छ, हामी नेपालीहरु धेरै बाध्यता, अनि आवश्कता र रहरले हामी विश्वभर पुगेका हौं । हामी आज जहाँ जहाँ पुगेका छौं, त्यहाँ अनेकौं कठिनाइका बीच काम गरिहेका छौं ।

कष्टसाध्य संघर्षकोबीच पनि स्थापित भए आज नेपालको समृद्धिको लागि जुटीरहनु हाम्रो लागि कम गर्वको बिषय होइन । अनि नेपाल सरकार र सम्पूर्ण नेपालीहरुले पनि हामीलाई आशाको नजरले हेर्नु हाम्रो लागि खुसी र गर्वको बिषय हो । तर, यति हुँदा–हुदै पनि गैरआवासीय नेपाली संघले उद्देश्य अनुरुप काम गर्न नसकिरहेको चहिँ सत्य हो ।
म फेरि दोहा¥याएर भन्न चहान्छु, हामी विदेशमा हाम्रो बाध्यताले पुगेका छौं ।

अनेकौ राष्ट्रहरुमा हाम्रा नेपालीहरु कडा परिश्रम गरिहनुभएको छ । रातदिन पसिना बगाइरहनु भएको छ । आज हामीले जरुर समिक्षा गर्न पर्छ, की यो संघले ती लाखौं लाख श्रमजिविहरुहरुको दुःखमा कति साथ दिन सक्यो ? उहाँहरुको संकटको साथी बन्न सके की सकेन ? सायद, यसको उत्तर नकरात्मक हुन्छ ।

यो संघ दुईचार जना नव धनाढ्यहरुको सारथी बन्ने की ती लाखौं लाख श्रमजिवि नेपालीहरुको संकटको साथी ? अबश्य पनि यो संघले ती लाखौं –लाख श्रमजिविहरुको संकटको साथी बन्नुपर्छ । यदि बनेन भने भोली संघ माथि अनेकौ प्रश्नहरु उठ्न सक्छ । मलाई आशा छ, अबको नेतृत्वको ध्यान यतातिर जानेछ ।

आदरणीय प्रवासी दाजुभाई तथा दिदि बहिनीहरु,
यस घडीमा हामीले अघिल्लो कार्यकालको समिक्षा गर्न जरुरी हुन्छ । दुःखका साथ भन्नुपर्छ, नेपालमा विनाशकारी भूकम्प आउन अघि यो संघ निदाएको अवस्थामा थियो । भूकम्पले संघलाई ब्युँझाएको सत्य हो । संघको तर्फबाट जे जति हामीले भूकम्प पीडितहरुलाई सहयोग गर्न सक्यौं, त्यो विश्वभरका नेपालीहरुले उठाएको सहयोग थियो । सामुहिक प्रयास र प्रयत्न हो । तर, कतिपय सन्दर्भमा ती सबै नेपालीहरुको सहयोगलाई एउटा व्यात्तिको सहयोगको रुपमा अर्थ लगाइदा वा प्रचार हुदा सबै गैरआवासीय नेपालीहरुको चित्त दुखेको छ ।

कुनै नेता वा व्याक्ति गौण कुरा हो, महत्वपूर्ण कुरा त हाम्रो सामुहिकता हो । तर, हामीले सामुहिक रुपमा गरेको कामको जस एउटा व्यात्तिले मात्रै लिएर त्यसको फाइदा उठाउने वाताबरण भोलीको दिनमा अन्त्य होस् भन्ने हामी सबैको आशा छ । कुनै अमुक व्यात्तिलाई केन्द्रमा राखेर होइन सामुहिकतामा हामीले विश्वास गर्न जरुरी छ ।
मित्रहरु,
हामी गैरआवासीय नेपालीहरुले प्रमुखताको साथ उठाइरहेको नेपाली नागरिकताको निरन्तताको माग एकहदसम्म सम्बोधन भएको छ । एकपटकको नेपाली सधैंको नेपाली हुनेछ भन्ने नेपाल सरकारले हाम्रो माग सम्बोधन गरेको छ । हाम्रो सम्मान पनि गरेको छ । हामीले हाम्रो राष्ट्रलाई जे माग्यौं, त्यो पाएको छौं ।

अब हामीले के गर्छौं ? प्रश्न हामीतिर सोझिएको छ । बाहिर आलोचना भए जसरी २ बर्षमा एक पटक काठमाडौं आएर तारे होटलमा ठुला गफ मात्रै गर्ने की काम पनि गर्ने ? सबैले हामीलाई सोधीरहेका छन् । अब अर्को २ बर्षमा पनि यही अवस्थामा रहे हामीप्रतिको आशा कम हुनेछ ।

फेरि अर्कोतिर मुलुक यतिबेला एकदमै कष्टसाध्य अवस्थामा छ । भूकम्पको पीडा उस्तै छ । लाखौ लाख नेपालीहरु पाल मुनी बसेका छन् । संविधान जारी भएको छ, अब नवनिर्माणको अभियान सुरु हुदैँछ । यो अभियानमा हामी कति सहयोग गर्न सक्नेछौं ? मलाई लाग्छ, कुनै एउटा एनआरएनएको नेताले दुईचार करोड फाल्दैंमा संघको गरिमा बढ्ने छैन ।

होला, त्यो दुईचार करोड दिने व्याक्तिको उचाई बढ्ला तर सिगो संघको उचाइ र गरिमा बढ्ने छैन । त्यस कारण आगमी २ बर्षमा संघको उचाई बढाउने अभियानतिर सबै लाग्न अपिल पनि गर्न चहान्छु ।
मिति ः २९ असोज २०७२ शुक्रबार ।
टेकबहादुर (टिबी) कार्की
गैरआवासीय नेपाली संघ(एनआरएनए)
सातौं राष्ट्रिय महाधिबेशन, अध्यक्षका उम्मेदवार