एनआरएनए विश्व सम्मेलन,भब्य समारोह बीच राष्ट्रपतिबाट उदघाटन


काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको सातौं विश्व सम्मेलनलाई राष्ट्रपति डा. रामवरण यादवले एक भब्य समारोह बीच उद्घाटन गरेका छन्। ‘एनआरएन राष्ट्र पुनः निर्माणको सच्चा साझेदार’ भन्ने नारासहित शुक्रबारआर्मी अफिसर्स क्लबमा सुरु भएको सम्मेलन यादवले उदघाटन गरेका हुन्।

सम्मेलनमा ७१ राष्ट्रिय समन्वय परिषदका १५ सयभन्दा बढी गैरआवासीय नेपालीका प्रतिनिधिहरु सहभागी छन् । भूकम्पले नेपालमा पुर्‍याएको क्षति र पुनर्निर्माणमा गैरआवासीय नेपालीहरुको सहभागीताबारे सम्मेलन केन्द्रित हुनेछ ।