कास्की सेबा समाज स्पेनले दशैको शुभकामाना आदान- प्रदान गर्ने


बार्सिलोना/ कास्की स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले खोलेको कास्की सेवा समाज स्पेनले शुभकामाना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा समाजले शुभकामाना आदानप्रदान कार्यक्रम गर्न लागेको हो।

दशै टिका कार्यक्रम,शुभकामना साटासाट, नाचगान,घैटो फुटाउने,चिट्ठा कार्यक्रम लगायत बिबिध साँस्कृतिक प्रस्तुतिहरु रहेको आयोजकले जनाएको छ। जिल्लाबासीहरु बीच मात्र हुन लागेको कार्यक्रमलाई रोचक र उत्साहपूर्व बनाउनका लागि विभिन्न खेलहरु र चिट्टा कार्यक्रम राखिएको समाजले जनाएको छ।

चाडबाडको बेला रमाइलो बनभोज गर्दै कस्केली बिच सुख दुख साट्न कार्यक्रम राखिएको समाजका अध्यक्ष दिननाथ भण्डारीले बताए।

कार्यक्रम बारे बिबरण

मिति : अक्टूबर १८ तारिक आइतबार
स्थान:- मन्जुइक्को डाँडो
समय : दिउँसो १२ बजे देखि साँझ ८ बजे सम्म
सम्पर्कका लागि
दिल नाथ भण्डारी : ६३१०३७८२५
राजेन्द्र कंडेल : ६३१५२७८७९
कमल भण्डारी : ६३२३९४७८७
कुमार गुरुङ : ६३२६११५५४
पुष्प के. सी. : ६३२८४२११३
बेलकाजी गुरुङ : ६०२०१०३६८
शिव लामिछाने : ६३२८६३८५१
केदारनाथ ढुंगाना :६३२७८७४५७