स्पेनमा दुताबासको माग गर्दै परराष्ट्र सचिब सँग भेटबार्ता


बार्सिलोना/ करिब १० हजार नेपालीहरु बसोबास गर्दै स्पेनमा नेपाली राजदुताबास स्थापनाको माग गर्दो परराष्ट्र सचिब शंकर दास बैरागीसँग भेटबार्ता भएको छ। एनआरएनए स्पेन लगायत संघ संस्थाका प्रतिनिधिहरुले दुतबासको माग गर्दै परराष्ट्र मन्त्रालयमा नै पुगी भेटबार्ता गरेका हुन्।

बैरागीले आफ्नो तर्फबाट सक्दो पहल गर्ने र मन्त्रालय समक्ष स्पेनका नेपालीहरुको मागलाई पुर्याउने र कार्यान्वयनमा जोड दिने प्रतिबद्दता ब्यक्त गरेका छन्। यस अघि सन् २०१५ को सुरुवातमा पनि स्पेनबाट प्रतिनिधिहरु पुगी मन्त्रालयमा नै ज्ञापानपत्र बुझाएका थिए।भेटमा सह-सचिव झबिन्द्र अर्याल पनि सहभागी थिए।

भेटवार्तामा प्रतिनिधिहरुले नेपाल सरकारले स्पेनमा दुताबास स्थापना गर्न पहिले नै निर्णय गरिसकेको तर स्थापना गर्न नसकेको र पटक-पटक डेलीकेसन आउँदा पनि कुनै पनि चासो नराखिएको भन्दै गुनासो पोखेका थिए।

12165984_10153663995659629_1351983404_nभेटवार्तामा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी,निर्बतमान सदस्य दिपक खरेल,एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,उपाध्यक्ष गौतम गुरुङ,प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङ,महासचिब लक्ष्मण शर्मा,नेपाली जनप्रगतिशील मञ्च स्पेनका सचिव बिशाल ढुंगाना,एनआरएन क्षेत्रीय समिति म्याड्रिडका अध्यक्ष रोशन पाठक,बाल कृष्ण कडेल,रिनचिन शेर्पा लगायत उपस्थित थिए।

नबनियुक्त युरोप क्षेत्रीय संयोजक कुल आर्चायले स्पेनको समस्यालाई निकै चासो राख्दै भेटबार्ताका लागि मन्त्रालय पुगेका थिए। स्पेनमा नेपालीहरुले भोग्नु पर्ने समस्याहरु, नेपालको मेडिकल रिपोर्टलाई दिल्लीमा मान्यता नदिईने,परिबार पुनर्मिलन प्रकियाका भोग्नु पर्ने झन्झटहरुको बारेमा जानकारी गराईएको थियो।

12167211_10153663996499629_1577996664_n