नेपाली जनसम्पर्क समिति बेल्जियमको बैठक सम्पन्न


– बिष्णु सापकोटा                                                                                                      
 नेपाली जनसम्पर्क समिति बेल्जियमको बैठक  सोमबार अध्यक्ष सन्तोष जोशी (शुभाषको अध्यक्षतामा सम्पन्न भएको छ 
बैठकले भर्खरै सम्पन्न भएको गैर आवासीय नेपाली संघ बेल्जियमको अधिवेशन बाट निर्वाचित हुनु भएका जनसम्पर्क समिति बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतमलाई सस्थाको तर्फ बाट संस्थापक अध्यक्ष ध्रुवराज पौडेलले खादा ओडाई सम्मान गर्नु भएको थियो भने उहाको कार्यकालको पूर्ण सफलताको कामना समेत गरिएको थियो ।
 गैर आवासीय नेपाले संघ बेल्जियमको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएका द्वय यसोदा थापा र पदम गुरुङ, सचिवमा निर्वाचित हुनु भएका गोबिन्द सिंह अधिकारी लाई सस्थाका अध्यक्ष साथै निवर्तमान अध्यक्ष द्वारा सम्मान गरिएको थियो ।
 उक्त बैठकमा नवनिर्वाचित अध्यक्ष गंगाधर गौतमले जनसम्पर्क समिति तर्फ बाट सहयोग गर्नु हुने सम्पूर्ण महानुभावलाई हार्दिक धन्यबाद दिदै एनआरएन को अभियानमा जनसम्पर्क समिति बेल्जियम लाई सहयोगी सस्थाको रुपमा स्थापित गराउदै आएको र आगामी दिनहरुमा पनि अझ बढी निरन्तरता दिने बताए । 
यसै गरि बैठकको अध्यक्षता गरि रहनु भएका सुभाष जोसीले एनआरएन को अभियानमा सहयोग गर्नु भएका सम्पूर्ण पदाधिकारी लगाएत प्रसार-प्रसार लगाएत सम्पूर्ण सहयोग गर्नु हुने समकक्षी हरुलाई बिशेष धन्यबाद दिदै जनसम्पर्क समिति तर्फ बाट एनआरएन बेल्जियमका बिजयी उम्मेदवारहरुलाई कार्यकालको पूर्ण सफलताको कामना समेत व्यक्त गरेका थिए ।  
  यसै गरि उक्त बैठकमा नेबिसंघ पूर्व महामन्त्री बिगत लामो समय देखि फोक्सो रोग बाट ग्रसित उमेश जंग रायमाझी लाई स्वास्थ्य उपचार लागी जनसम्पर्क समिति बेल्जियमको तर्फ बाट आर्थिक सहयोग समेत प्रदान गर्ने निर्णय गरेको थियो ।
बैठकमा पूर्व बैठकले गरेका निर्यण तथा सहमति हरुलाई कार्यसमितिको पूर्ण बैठकले अनुमोदन गरेको छ भने समितिमा नया पदाधिकारी हरुलाई मौजुदा बिधानमा संसोधन गर्ने गरि महामन्त्रीमा रमेश सापकोटा र चिनिया लाल दुवाल  र सदस्यहरुमा प्रेम गुरुङ, माधव सापकोटा, कुमार जोशी, राम घले, नरहरी सापकोटा, हरी धिताल, आर बि घले, हरी सापकोटा, प्रेम तिमल्सेना, शिव लाल खरेल, चिरन्जीवी कंडेल (सुमन), ओम शर्मा, पूर्ण तिमल्सेना  र यसै गरि सल्लाहकारहरुमा क्रमशअनन्त कडेल, दिलमाया शर्मा र राम प्रसाद ढुंगाना लाई मनोनित गरेको छ । साथै सहमहामन्त्री द्वय बिष्णु सापकोटा लाई मिडिया कोअर्डिनेटर र सुभाष गुरुङ लाई प्रवक्ताको जिम्मेवारी समेत प्रदान गरेको छ ।
 बैठकमा सहभागी सम्पूर्ण पदाधिकारी तथा सल्लाहकारहरुले गैर आवासीय नेपाली संघ बेल्जियमको निर्वाचनको समिक्षा गर्दै संस्थाको आगामी कार्ययोजना बारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।