ल हेर्नुहोस्, गैर आबासीय नेपाली संघ, सातौ अधिबेशनको सम्पूर्ण कार्यक्रम तालिका


स्पेन/गैर आबासीय नेपाली संघ (एनआरएनए) को सातौ अधिबेशनको सम्पूर्ण  कार्यक्रम तालिका सार्बजनिक भएको छ। संघले सबै गैर आबासीयहरुलाई जानकारी होस् भन्दै आफ्नो आधिकारिक वेभसाईट मार्फत कार्यक्रम तालिका सार्बजनिक गरेको हो। 

आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौमा हुने औपचारिक कार्यक्रमको उद्घाटन राष्ट्रपति डा. रामबरण यादवले गर्ने तालिकामा उल्लेख छ। डा. यादवले अक्टोबर १६ हुने औपचारिक कार्यक्रमको उद्घाटन गर्ने भएका हुन्।
सातौ अधिबेशन भने अक्टोबर १४ देखि नै शुरु हुने भएको छ। सो दिन महासचिब कुमार पन्तको सांगठानिक प्रतिबेदन,कोषाध्यक्ष डा.बद्री केसीले आर्थिक प्रतिबेदन बीच छलफल गर्दै पारित गरिने छ। साथै संघको बिधान बारे पनि छलफल हुने तालिकामा उल्लेख छ।
अक्टोबर १५ तारिक दिन भने निर्बाचनको लागि नै बिशेष समय छुट्टाईएको छ। बिहान १० बजे देखि दिउँसो १ बजे सम्म मतदानको समय तोकिएको छ भने दिउँसो १.३० देखि साँझ ६ बजे मत गणनाको समय तोकिएको छ।
१५ तारिक साँझ ६ देखि ७ को बीचमा नै अन्तिम परिणाम आईसक्ने तालिकामा उल्लेख छ। १६ तारिक भने रास्ट्रपतिले औचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको हो। अक्टोबर १७ तारिकको पुरा दिन नै बिभिन्न टास्कफोर्समा छलफल गर्ने कार्यक्रम तय भएको छ। सोहि दिन मिडीया सँग एनआरएनहरुको अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ।
सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री शुशिल कोईराला उपस्थित हुने भएका छन्। यो अलवा अक्टोबर ११ गैर आबासीय दिबसको उपलक्ष्यमा पनि बिभिन्न कार्यक्रमहरु तय भएका छन्। बिभिन्न टास्कफोर्सहरुबाट अक्टोबर १४ अगाडि पनि फरक- फरक किसिमका कार्यक्रमहरु हुने भएका छन्।

अक्टोबर १३ साँझ ५ बजे भित्रै औठा छाप लगाउनु पर्ने 

गैरआवासीय नेपाली संघको सातौं अन्तर्राष्ट्रय महाधिवेशनको मतदान सहितको निर्वाचनमा भाग लिनका लागि १३ अक्टोवर साँझ ५ बजे भित्र सचिवालय कार्यलय पुगी सक्नु पर्ने सूचना जारी भएको छ।

निर्धारित समय भित्र नै सचिवालयमा राखिएको मेशिनमा औठा छाप अनिवार्य रुपमा लगाउनु पर्ने भनी सुचना जारी भएको हो। तर अक्टोबर १३ बेलुका वा १४ बिहान सम्म पुग्ने गैर आबासीयहरु मतदानमा भाग लिन नपाउने डरले चिन्तित देखिएका छन्। टिकट सार्न फेरि खर्च लाग्ने भन्दै कतिपय आक्रोशित समेत बनेका छन्।

कार्यक्रम तालिका बारे पूर्ण बिबरण ( साभार एनआरएनको अफिसियल साईटबाट)

Screen Shot 2015-10-06 at 21.04.10

 

Screen Shot 2015-10-06 at 21.04.20

Screen Shot 2015-10-06 at 21.04.31Screen Shot 2015-10-06 at 21.04.38Screen Shot 2015-10-06 at 21.04.45

Screen Shot 2015-10-06 at 21.04.55Screen Shot 2015-10-06 at 21.05.03Screen Shot 2015-10-06 at 21.05.13