दुताबासमा ज्ञापानपत्र बुझाउँदै नाकाबन्धीको बिरोध गर्नु पर्छ – एनआरएन उपाध्यक्ष कार्की


दोहा/ गैरआवासीय नेपाली संघका उपाध्यक्ष टिवी कार्कीले भारतको अघोषित नाकाबान्दी विरुद्ध गैर आबासीयहरुलाई एक भई जुट्नु पर्ने बताएका छन्। कार्कीले नाकाबन्धीको बिरोधमा भारतीय दुबाबासमा गैर आबासीयहरुले ज्ञापनपत्र बुझाउँदै बिरोध गर्नुपर्ने भन्दै यस्तो बताएका हुन्।

उपाध्यक्ष कार्कीले राष्ट्रियताको सबालमा सबै गैर आबासीयहरु एक ढिक्का भई नाकाबन्दीको बिरोधमा लाग्नु पर्ने अहिले आबाश्यकता भएको बताए। कतारमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले भारतीय नाकाबन्दीको कारण मुलुक संकटमा परेकोले देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपालीहरु एकजुट भई लाग्नु पर्नेमा जोड दिए।

उपाध्यक्ष कार्कीले देशमा खाद्यान्य,ग्याँस, तेल लगायत दैनिक उपभोग्य सामानको अभावले, दैनिक जीवनयापन नै कष्टकर बन्दै गएको भन्दै,यसले गैरआवासीयहरु मन मर्माहद बनेको सुनाए।

उपाध्यक्ष कार्की गैर आबासीय नेपाली संघको आसान्न्न सातौ अधिबेशनमा अध्यक्ष पदका प्रत्यासी समेत हुन्।