रोनाल्डोले पुरा गरे करियरको ५०० गोल


क्रिष्टियानो रोनाल्डोले आफ्नो फुटबल करियरको ५०० गोल पुरा गरेका छन् । उनले क्लब र देशलाई गरेको गोल गरी ५ सय गोल पुरा गरेका हुन्। साथै बिश्व कै उत्कृष्ट क्लब रियल मड्रिडको सर्बाधिक गोल कर्ताको रेकर्ड बनाएका छन्। उनले राहुलले बनाएको सर्बाधिक गोल ३२३ गोलको कीर्तिमानसँग बराबरी गर्दै ईतिहास रचेका हुन्।

रोनाल्डो मात्र ३०८ खेल खेल्दै राहुलको रेकर्ड बराबर गरेका हुन्। सोही गोल गर्न राहुललाई ७४१ खेल खेल्नु परेको थियो।रोनाल्डोले रियल मड्रिड जानु अघि म्यानचेष्टर युनाइटेडका लागि ११८ गोल गरेका थिए । स्पोटिङ लिस्बेनका लागि पाँच गोल गरेका छन् ।

यस्तै उनले देशका लागि खेल्ने क्रममा ५५ गोल गरेका छन् । च्याम्पियन्स लिग फुटबल बुधबार राति रियल मड्रिडले १० खेलाडीमा सिमित स्विडेनको माल्मोलाई २–० ले पराजित गर्दा दुबै गोल रोनाल्डोले गरेका छन् ।

खेलको २९ औं मिनेटमा गोल गरेका रोनाल्डोले अन्तिम मिनेटमा अर्को गोल गर्दै रियल मड्रिडलाई २–० को जित दिलाए । यो सँगै च्याम्पियन्स लिगमा उनले ८२ गोल गरेका छन्। च्याम्पियन्स लिगका सर्बाधिक गोल कर्ता रोनाल्डो पछि मेस्सी छन्। उनले च्याम्पियन्स लिगमा ७७ गोल गरेका छन्।