एनआरएन जापानको अगुवाईमा,भारतीय नाकाबन्दीविरुद्ध बिरोध प्रदर्शन


जापान । भारतीय हस्तक्षेप तथा सिमा नाकावन्दीको विरोध गर्दै जापानवासी नेपालीहरुले विहिवार विहान टोकियो स्थित भारतीय दूतावासमा विरोध प्रर्दशन गर्दै ज्ञापनपत्र बुझाएका छन ।

गैरआवासीय नेपाली संघ जापानको आयोजनामा गैरआवासीय नेपाली संघ एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्टको संयोजनमा जापानवासी नेपालीहरुको बृहत टोलीले दूतावासमा विरोध पत्र बुझाएको हो । टोकियो कुदानसिता स्थित दूतावास कार्यालयमा नेपाली भण्डा तथा ढाका टोपीमा सजिएका नेपालीहरुको टोलीले जापानका लागि भारतीय राजदूत दीपा गोपालन वाधवा मार्फत विरोधपत्र बुझाईएको हो ।

एनआरएन जापानको अगुवार्इमा जापानमा क्रियाशील विभिन्न संस्थाले जापानस्थित भारतीय राजदूतलार्इ ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन गएका उनीहरूले भारतले गरेको विराेधमा लेखिएका प्लेकार्डहरू बाेकेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै बुझाइएको ज्ञापनपत्रमा आन्दोलनले ठूलो आर्थिक क्षति पुगेको र संकटको यस घडिमा भारतको सकारात्मक सहयोग अपेक्षित भएको उल्लेख छ ।

Nepali-Community-Japan-5साथै तराइ मधेसका मागहरु संविधान संशोधनमार्फत सम्बोधन गर्न सकिने भन्दै जापानमा रहेका नेपालीहरूको ज्ञापनपत्रमा भनिएको छ, संविधानसभामा रहेका सदस्यहरुको झण्डै ९० प्रतिशतले पारित गरेको यो संविधानलाई विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भएकाले मात्र हैन नेपालका हरेक सुख दुःखको साक्षी र सहयोगीसमेत भएकाले छिमेकी भारतले यसको निसर्त समर्थन गर्ने अपेक्षा गरिएको छ ।’

सार्वभौमिक सामानताका आधारमा बिश्वका प्रत्येक राष्ट्रहरु सामान रुपमा स्वतन्त्र छन् । भूपरिबेष्ठित राष्ट्रका आफ्नै बिशिष्ठ अधिकारहरु रहेको र प्रत्येक राष्ट्रले त्यसको सम्मान गर्नुपर्ने ज्ञापनपत्रमा स्मरण गराइएको छ ।

झण्डै ४५ हजारको संख्यामा रहेका नेपाली तथा तिनको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघ जापान, जापानस्थित नेपाली जनसम्पर्क समिति, प्रबासि नेपालि संगठन, नेपाल जन प्रगतिशिल मोर्चा, नेपाल जनजाती महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली व्यवसायी संगठन, नेपाली विद्यार्थी संघ लगायत ५० भन्दा बढि संस्थाहरुका तर्फबाट ज्ञापनपत्र बुझाइएको हो ।

Nepali-Community-Japan-8Nepali-Community-Japan-10