मेस्सी घाईते हुँदा २ महिना मैदान बाहिर,च्याम्पियन्स र लिगा गरि ११ खेल गुमाउँने


बार्सिलोना/बार्सिलोना स्टार स्ट्राइकर लिओनल मेस्सी घाइते भए पछि करिब २ महिना महिना मैदान बाहिर हुने भएका छन्। लस पाल्मासँगको खेलमा तेस्रो मिनेटमा नै घाईते बनेका मेस्सीले ७ देखि ८ हप्ता सम्म खेल गुमाउने बीबीसी स्पोर्टले जनाएको हो। शनिबारको खेलमा ३ मिनेटमा नै घाईते बनेका उनि अन्तत १० औं मिनेटमा मैदान छाडेका थिए।

बार्सिलोनाका अनुसार उनको बाँया घुँडाको लिगेमेन्ट च्यात्तिएको छ । यसै कारणले कम्तिमा ७ देखि ८ साता सम्म मैदान बाहिर रहने बताईएको छ।यो अवधिमा उनले ७ बटा लिगाका र ४ बटा च्याम्पियन्स लिगका गरी ११ बटा खेल गुमाउने भएका छन्।

तर ७ हप्तामा नै निको भएमा भने नोभेम्बर २२ हुने रियल मड्रिड सँग खेलमा मेस्सी फर्कन सक्ने अनुमान गरिएको छ। आफ्नो स्टार दुई महिना सम्म मैदान बाहिर हुने भए पछि बार्सिलोना क्लब र उनका समर्थकहरु चिन्तित बनेका छन्।