ईटालीबाट यूवराज अधिकारी भन्छन्,म पनि एनआरएन सचिबमा लड्छु


रोम/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सचिब पदका लागि ईटलीबाट युबराज अधिकारीले उम्मेद्वारी घोषणा गरेका छन्। एनआरएन भित्रको गुटबन्धी र बिदेशमा काम गर्ने नेपाली मजदुरको पक्षमा आँफुले काम गर्ने भन्दै उम्मेद्वारी घोषणा गरेका हुन्।

एक दशक लामो समय देखि युरोप बसोबास गर्दै आएका अधिकारी बिगत ५ बर्ष देखि ईटालीमा बसोबास गर्दै आएका छन्। कास्की हँसपुर घर भएका अधिकारी यस अघि भने जर्मनीमा रहेका थिए।

संघ भित्र अहिले पनि ठुलो गुटबन्धि छ यसको अन्त्यका लागि पनि मैले उम्मेद्वारी घोषणा गरेको हुँ,अधिकारीले भने,” एनआरएन नेतृत्वमा ठुला ब्यापार ब्यबसाय गर्नेहरु मात्र आउनु पर्छ भन्ने छैन,सामान्य गैर आबासीयले पनि उम्मेद्वारी दिन सक्छ।’ मैले पनि एक ब्यबसाय गर्दै बसेको छु तर हामी धेरै एनआरएनहरु अरुकोमा काम गर्छौ,मजदुरी गर्छौ ,त्यसैमा धेरै समस्याहरु छन् जुन कुरालाई सम्बोधन गर्न सक्नुपर्छ अधिकारीले भने।