शेष घलेको उम्मेद्वारी घोषणा र आगामी चुनौतीहरु


– बसन्त रानाभाट

……. अहिले तपाईको अगाडि यो बोल्दा छाती फुलेको छ,तपाई यही प्रकारको अभियानमा लाग्नुहोस् हामी तपाईको पछाडि छौ…….

….. ठाडो शिर हिड्ने अवस्थामा पुर्याउँनु भएको छ,गएको २ बर्षमा तपाईको क्रियाकलाप धेरै नजिकिएर हेर्यौ। एनआरएन भवन निर्माणको कुरा देखि लिएर,भूकम्प पछिको भूमिका सँगै, राष्ट्रका लागि समर्पित भएर जसरी काम गर्नु भयो, यो सबै सम्मानीय कामको लागि म झुकेर नमन गर्न चाहान्छु।

बिशेष त हामी नेपालीहरु बीच कस्तो हुने रहेछ भने,”अलिकति काम गर्ने मान्छे भयो भने कार्यकाल अलि छोटो भए भए जस्तो लाग्ने, अनि नगर्ने मान्छे भयो भने, लामो भए भए जस्तो हुने रहेछ……….

…… गैरआवासीय नेपाली संघ यस्तो संजाल हो लिने केहि पनि हुँदैन,शेष दाईले अरबौ दिनु हुन्छ, हामी पनि लाखौ दिन्छौ तर दिने मात्र काम हुँदा पनि, कति खेर पुगौ,कति खेर भेटौ, र कहाँ के गरौ भनेर, जहिले पनि मन जाने रहेछ। यो अचम्मै को एउटा संस्था हो गैर आबासीय नेपाली संघ।

यो सँस्थालाई हिजो हामीले होटल सोल्टीमा ग्लोबल कन्फेरेन्स गर्दै गर्दा, यी टाई लाउँछन्,ठुला ठुला गफ गर्छन् ,फर्केर जान्छन् तर नेपालका लागि केहि पनि गरेनन् भन्नेले आज त्यो टाई हैन टिसर्ट लगाएर कान्तिपुर टेलिभिजनमा अन्तरबार्ता दिने शेष घलेलाई देखेर,अब देशमा दुख पर्दा सबै भन्दा पहिले गैर आबासीयहरु नै आउँछन् भन्ने साबित भएको छ ………

…… नेपालको सन्दर्भमा थुप्रै सम्पत्ती भएका मान्छेहरु देखेका छौ, हामी बीचमा धेरै सम्पती भएका साथीहरु पनि छौ। तर सम्पत्ती सँगै जनता पिडामा तड्पीरहेको बेला म तिम्रो साथमा छु भनेर धुलो मैलो,ज्यानको कुनै प्रबाह नगरी, सबै सम्पत्तिलाई बिर्सेर जनताको सिपाहीको रुपमा खट्ने शेष घलेको नेतृत्वको एनआरएन हामीले देख्यौ।

यसले एनआरएनको उचाई बढाउँन सफल भएका छौ। त्यसैले पनि आज हामी उच्च गर्ब सक्छौ एनआरएनमा आज नयाँ उचाई चढेको छ। अध्यक्ष ज्यु हामी तपाई सँगै छौ, तपाई अगाडि बढ्नु होस् र हामी साथ दिन तयार छौ. …… …

…..बर्तमान अध्यक्ष शेष घले कतै आँफु थाकेर, अब बिश्वाम लिन्छु भन्ने सोच गर्नु भएको छ कि भनेर हामी साह्रै चिन्तित छौ। तपाईलाई एनआरएनको अध्यक्ष फेरि गर्छु भने चाहना नहोला,तपाई अघाई सकेको अबस्था हुन सक्ला होला वा थाकेको अबस्था पनि हुन सक्ला। तर हामी के भन्छौ भने तपाईले शुरु गर्नु भएको काम अझै अपुरो छ। हामीलाई बिश्वास छ थालेको कामलाई निरन्तर मात्र हैन तपाईले पुरा गरेर नै छोड्नु हुनेछ। ढुक्क हुनुहोस् बेलायत तपाईको पछाडि छ हामी सबै एक छौ.………

माथि सबै उल्लेखित विचारहरु यो पङ्तीकारका हैनन्। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अध्यक्ष शेष घलेले पुन: अध्यक्षका लागि उम्मेद्वारी घोषणा गर्नु पुर्ब बेलायतबासी गैर आबासीयहरुले उनि प्रति ब्यक्त गरेका धाराणाहरु हुन्।

उम्मेद्वारी घोषणा अघि के के गरे ?

अगष्टको पहिलो साता देखि युरोप भ्रमण शुरु गरेका शेष घलेलाई गैर आबासीयहरुले खुलेर प्रंशसा गरे। करिब एक साता लामो भ्रमण जर्मनीबाट शुरु गर्दै स्पेनमा आएर टुंगाए तर उनि त्यतिबेला बेलायत पुगेनन्।

नेदरल्याण्ड,बेल्जियम,लक्जेम्वक,फ्रान्सका पनि पुगे। घलेले भूकम्पका गैर आबासीयहरुले खेलेको भूमिकाको उच्च प्रंशसा गर्दै धन्यबाद तथा आभारको कार्यक्रम सहित छलफल र अन्तरक्रिया पनि गरे। जहाँ जहाँ पुगे गैरआबासीयहरुले एकै स्वरमा पुन: नेतृत्वको लागि दबाब सृजना गरे।

घलेले युरोपको भ्रमण सँगै, गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अधिबेशनमा पनि सहभागी बने। त्यहाँ उनले प्रष्ट भनेका छन्, “कतारमा आज पनि झण्डै ५ लाख नेपाली दाजुभाई दिदीबहिनीहरुले आफ्नो श्रम र सीप बेचिरहनुभएको छ । थोरैको लागि यो रहर र धेरैका लागि बाध्यता हो भन्ने मैले बुझेको छु ।”

यस अघि उनले एनआरएन अष्टेलियाको पद हस्तान्तरण कार्यक्रममा भनेका छन्, “नेतृत्वमा यस्तो मानिस आउनुपर्छ जसमा इमान्दारिता र लगनशिलतासँगै हुनुपर्छ भने आफ्नो निजी स्वार्थका लागि संस्थालाई दुरुपयोग नगर्ने सुनिश्चितता पनि हुनुपर्छ ।’ घलेले यो पनि थपे, ‘परोपकारी काम र लगानीको बिषय होस् वा कम्युनिटीको सेवाका सन्दर्भमा होस्, यसलाई हल्का रुपमा लिनुभयो दुर्घटना हुनसक्छ ।’

बिभिन्न राष्ट्रिय समन्वय परिषदका अधिबेशन चलिरहेका बेला उनका यी भनाईहरुलाई अर्थपूर्ण लिईयो । स्वभाबिक रुपमा अष्ट्रेलियाका गैर आबासीयहरुले त्यहिँबाट उम्मेद्वारी घोषणा गर्न दवाब दिए पनि आँफुलाई सम्हाले। आँफुलाई गैर आबासीयहरुलाई कुन रुपमा लिएका छन् त्यही बुझ्न उनले समय ब्यतित गरेको बुझिन्छ।

बेलायतका गैर आबासीयहरुलाई त्यहिँबाट नै घलेले उम्मेद्वारी घोषणा गर्छन् होला जस्तो, “जसरी भान भयो त्यस्तैगरी”, उनि पुगेका हरेक देशहरुका गैर आबासीयहरुलाई आज त यहिँवाट नै गर्छन् जस्तो लाग्दथ्यो।

यो पङ्तीकार, आँफु सलग्न स्पेनको बार्सिलोनाको एउटा कार्यक्रमलाई मात्र मुल्याङ्कन गरेर भनिएको हैन कि हरेक देशमा भएका कार्यक्रमहरुका भिडियो क्लिप हरुले त्यही बताईरहेका हुन्थे। उदाहरणको रुपमा बेलायतबासी गैर आबासीयहरु विचारलाई आलेखको शुरुवातमा प्रस्तुत गरिएको छ।

- बसन्त रानाभाट
– बसन्त रानाभाट

अमेरिका पुगी त्यहाँका गैर आबासीयहरुको भावाना र धारणा सुनिसके पछि यहिँ सेक्टेम्बर १५ मा ईटली पुग्दै युरोपको दोस्रो भ्रमण गरे। अन्तत पोर्चुगल हुँदै उनको यात्रा बेलायत सम्म पुग्यो। बेलायत पुग्नु अघि उनि गैर आबासीयहरुको भावानालाई बुझेर निर्णयको बिन्दुमा पुगिसकेको देखिन्छ। उनले गैर आबासीयहरुको भावानालाई कदर गर्दै पुन: उम्मेद्वारी घोषणा गरेका हुन् भनेर बिश्लेष्ण गर्दा न्यायोचित होला।

निरन्तर छलफलमा गरेका घले ६/७ हप्ता युरोप, मिडिल इस्ट, अष्ट्रेलिया, अमेरिका र एशियाली मुलुकहरुको भ्रमण गरी भूकम्पका बेला राहत अभियानमा सहयोग गरेकाहरुलाई अभिनन्दन गर्दै, गैर आवासीयका विचारहरु सुनेर उनीहरुकै भावानाको कदर स्वरूप उम्मेद्वारी घोषणा हो भन्ने बुझिन्छ।

घोषणा बेलायत बाट नै किन ?

शेष घलेले पुन नेतृत्व लिन्छन् भन्ने अनुमान धेरैले गरेका भए पनि उम्मेद्वारी घोषणा कहाँ र कसरी गर्लान् भन्ने चासो गैर आबासीयहरु माँझ परेको थियो। धेरैको अनुमान काठमाडौमा एक भब्य समारोह बीच ठुलो ब्यानर सहित पत्रकारहरु माँझ होला भन्ने अपेक्षा नगरिएको पनि होईन।

तर उनले उम्मेद्वारी घोषणा गर्दै भने, “मैले यहाँहरुको अनुरोध बमोजिम यहाँहरुको सेवामा अर्को कार्यकाल पनि रहने निर्णय लिएको छु । उम्मेदवारी घोषणा काठमाण्डौमा हैन्, गैरआवासीय नेपालीहरु वीचबाटै हुनुपर्छ, गैरआवासीय नेपाली अभियानको जननी मुलुक बेलायतमै आएर यो घोषणा गर्नु राम्रो हुन्छ भन्ने साथीहरुको आग्रहलाई स्वीकार गर्दै म यहाँहरु समक्ष यो घोषणा गर्दै छु ।”

बेलायत घोषणाको बुझाई गैर आबासीयहरु माँझ फरक फरक होला। कतिले आफ्नो नेतृत्व सुनिश्चितको लागि भनेर बुझेका होलान्। कतिले औपचारिकता भनेर बिश्लेषण गर्लान्। तर धेरैलाई यसरी पनि बुझेका होलान् , यो गैर आबासीय नेपाली संघ प्रति कै सम्मान हो।

मैले जति गरेको छु त्यसमा कमी हुन दिन्न

शेष घलेको प्रतिबद्दता निकै सरल देखिए पनि आँफैमा चुनौती पूर्ण छ। उनको कार्यकालमा के- के काम भयो त्यस तर्फ जानु भन्दा पनि उनले बिगत २ बर्षमा जति समय दिएर काम गरे ,त्यसैलाई त्यसरी नै निरन्तरता दिएर पुन: २ बर्ष बिताउँने प्रतिबद्दता गर्नु नै आफैमा चुनौती पूर्ण छ।

उनले सरल ढंगले भनेका छन्,” मैले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै बिगत दुई बर्षमा जेजति सिकेको छु, त्यसलाई गैरआवासीय नेपाली समुदायको हितमा खर्च गर्ने छु । म उसैगरी आगामी कार्यकालका लागि यहाँहरुको माझमा रहनेछु, त्यतिकै परिश्रम र मेहेनतका साथ यो संस्थालाई अर्को उचाईमा पुर्याउन सम्पूर्ण समय र स्रोत खर्च गर्ने छु ।”

यी दुई बाक्यले घलेको आगामी नेतृत्वलाई ठुलो चुनौती छ। गैर आबासीय माँझ उनले जितेको बिश्वासलाई निरन्तरता दिन अहोरात्र खटिएर लाग्नु पर्ने देखिन्छ।

खाडीका नेपालीहरु बारे सोच्नु पर्छ

बैदेशिक रोजगारको शिलशिलामा लाखौ युवाहरु खाडी मुलुकमा कार्यरत छन्। देशको परिस्थतिका कारण पनि दिनहुँ रोजगारीको लागि खाडी मुलुकहरुमा छिर्न बाध्य छन्। सरकारी स्तरवाट कुटनीतिक पहल नभए सम्म वा देशमा रोजगारीको अबस्था सृजना नभए सम्म समस्याहरु दिनहुँ बढ्दै जाने निश्चित नै छ।

तर गैर आबासीय नेपाली संघले दुखेको घाउँमा कम्तिमा मल्हम लगाउँन प्रत्यन्न गर्न भने सक्नु पर्छ। त्यहाँका समस्याहरु जुधेर सबै गैर आबासीयहरुको मन जित्न सक्नुलाई पनि आगामी नेतृत्वको चुनौतीको रुपमा लिन सकिन्छ।

अध्यक्ष घलेले यस अघि भनेका थिए स्कूल जाने उमेरका नेपाली युवायुवती श्रम बेच्न त्रिभुवन बिमानस्थलमा लाइन लागेको देख्दा आफ्नो मुटु पोल्ने गरेको छ. त्यही दृष्यका कारण कैयौं रात निदाउन सकेको छैन। उनले गैरआवासीय नेपाली संघले नै १० करोडको कोष स्थापना गर्दै मलेसिया तथा खाडी मुलुकमा अलपत्र परेका कामदारलाई लक्षित गरि काम थाल्ने बताएका थिए।

यी लगायत त्यहाँका गैर आबासीयहरुलाई लक्षित गरि सरकार सँग समन्वय गरि समस्या कम गर्न पनि आगामी नेतृत्वको चुनौती कै रुपमा हेरिएको छ।

संघको उचाई कायम राख्न ठुलो चुनौती

गैर आबासीयहरुले देशमा भूकम्प जाँदा प्रबासबाट खेलेको भूमिका निकै प्रशंसनिय छ। यसले गैर आबासीयहरु उचाई अझ माथि पुर्याएको छ। भूकम्प पिडितहरुलाई एक हजार घर निर्माणको योजना,देश पुन;निर्माणमा नेपाल सरकार सँगको सहकार्य,आफ्नै भवन निर्माण कार्य सम्पन्न गर्न,खुल्ला बिश्व बिद्यालयको अवधाराणा,राजनीतिक अधिकार सहितको नागरिकता लगायत खाडी मुलुकहरु लगायत संसार भरका गैर आबासीयहरुका समस्याहरुलाई सम्बोधन गर्न संघको नेतृत्वलाई ठुलो चुनौती छ।

बिश्व सम्मेलनबाट संघको असल नेतृत्व सहित कर्मशील टिम आउँन सकोस् सबै उम्मेदवारलाई शुभकामाना।