नेपाली जनप्रगतिशील मञ्च स्पेनको धन्यबाद ज्ञापन


हाम्रो देश नेपाल विश्वभूगोल मानचित्र भित्रको एउटा सुन्दर देश हो l हामी नेपालीहरु आफ्नो देशको सुन्दरता र गरिमालाई विश्वको कुनैपनि कुनामा परिचित गराउन कहिलेपनि पछी पर्दैनौ। हाम्रो देशमा नेपाल जति सुन्दर छ त्यतिनै सुन्दर यो देशका प्रतिभाहरु छन् l यस्ता प्रतिभाहरु मध्यकी एक नेपालीकी छोरी हुन् सलामोंन अल्ट्रा पिरिनेउ उपविजेता – मिरा राई।

यहि मिति १९ सेप्टेम्बर २०१५ मा स्पेनको बागामा सम्पन्न भएको ११० किलोमिटर लामो दौड प्रतियोगितामा नेपालकी छोरी मिरा राईले महिला तर्फ द्दितीय स्थान प्राप्त गर्दै नेपालको झन्डा विश्वसामु फहराउन सफल भएकी छिन l मीराको यो सफलताले विश्वजगतमा नेपालीहरुको शिर हर्ष र गर्बले ठाडो बनेको छ।

नेपालको भोजपुर जिल्लामा जन्मेर आफ्नो संघर्षको यात्रालाई अनवरत रुपमा अगाडी बढाउदै स्पेनको सलामोंन अल्ट्रा पिरिनेउ उपविजेता बनेकी मीरा राईलाई स्पेनमा सम्मान गर्न पाउँदा सम्पूर्ण स्पेनबासी नेपालीहरु गौरवान्वित महसुस गरेका छौ। मिरा राईलाई स्पेनको एरपोर्ट देखि उहाँको प्रतीयोगीता स्थल सम्म पुगेर र आफुले जहाँबाट हुन्छ उहाँको बिजयको लागि हौसला प्रदान गर्ने, सुभेक्षा प्रकट गर्नुहुने संघ सस्था तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा नेपाली जनप्रगतिशील मंच स्पेन बिशेष आभार प्रकट गर्दछ।

हिजो मिति २१ सेप्टेम्बर २०१५ का दिन सम्पूर्ण स्पेनबासी नेपालीहरुको तर्फबाट नेपाली जनप्रगतिशील मंच स्पेन द्वारा आयोजित सम्मान तथा सहयोग कार्यक्रममा उपस्थित भएर मिरा राई लाई सहगोग गर्नुहुने सम्पूर्ण संघ सस्था तथा नेपाली दाजुभाई दिदिबहिनीहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछौ l

सहयोगी हातहरु

१. नेपाली जनप्रगतिशील मंच स्पेन – ५०० युरो l
२. नेपाली जनसम्पर्क समिति स्पेन – १५१ युरो l
३. मगर संघ स्पेन – १०५ युरो l
४. एन.आर.एन.ए. स्पेन – १०१ युरो l
५. प्रबाशी नेपाली मंच स्पेन – ५५ युरो l
६. नेवारी समुदाय ( पासापुच ) स्पेन – ५१ युरो l
७. अन्तरास्ट्रिय कलाकार समाज स्पेन – ५१ युरो l
८. कास्की सेवा समाज स्पेन – ५१ युरो
९. चितवन समाज स्पेन – ५१ युरो l
१०. स्यांजा समाज स्पेन – ५१ युरो
११. तामांग समाज स्पेन -५१ युरो
१२. तमु समाज स्पेन -५१ युरो
१३. पुष्पराज तिमल्सिना -५१ युरो
१४. बुद्द आइज -५१ युरो
१५. शितल भुर्तेल भुसाल -५१ यूरो
१६. राम कार्की (भोजपुर )- ५१ यूरो
१७. एकराज गिरी -३० युरो
१८. युबराज गुरुङ -२५ यूरो
१९. दिपक खरेल -२० यूरो
२०. केशब बस्नेत -२० यूरो
२१. सन्दिप मोहन भट्टराई -२० यूरो
२२. निलन / उषा खनाल -२० यूरो
२३. भक्त बहादुर गुरुङ -२० यूरो
२४. अनन्त लामिछाने -१० यूरो
२५. सरला सापकोटा -१० यूरो
२६. हेम पाण्डे -१० यूरो
२७. बिनोद खनाल -१० यूरो
२८. इन्द्र प्र सर्मा -१० यूरो
२९. स्याम आचार्य -१० यूरो
३०. बिन्दु गौतम सुबेदी -५ यूरो
३१. सरिता अधिकारी-५ यूरो
३२. ABC – १ यूरो
३३. बिमल गुरुङ (परिवार )- ५००० रुपयाँ
जम्मा – १७०१ युरो र ५००० रुपयाँ
सम्पूर्ण सहयोगी हातहरुलाई मुरी मुरी धन्यवाद ज्ञापन गर्दछौ l

महासचिब
अर्जुन आचार्य
नेपाली जन प्रगतिशील मन्च स्पेन परिवार