“टुर दि पोखरा” साईकल र्‍याली बारे पत्रकार सम्मेलन सम्पन्न


मोहन मुन /पोखरा
“टुर दी पोखरा २०१५”मूल आयोजक समितिको आयोजनामा यही असोज १२ गते पोखरामा साइकल र्‍याली बारे पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दीईएको छ। टुर दि फ्रान्सबाट प्रभावित भएर आयोजना गरिएको र्‍याली बारे बुधबार पोखरामा जानकारी गराईएको हो।

विश्व मुटु दिवसको अवसरमा “स्वस्थ मुटु सबैका लागि, जहिले पनि जहाँ पनि” भन्ने नाराका साथ जनचेतनामूलक साइकल र्‍याली गर्न लागिएको टुर दी पोखरा मूल आयोजक समितिका संयोजक निरज थापाले बताए । पोखरालाई साइकल मैत्री शहर बनाउन र मुटु स्वास्थ्यका लागि साइकलको महत्वका बारेमा जनचेतना जगाउनका लागि यो कार्यक्रम आयोजना गरिएको प्रष्ट पारे।

र्‍यालीमा विश्व साइकल यात्री पुष्कर शाह तथा मुटु रोग बिशेषज्ञहरको समेत सहभागिता रहने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा जयन्ती मेमोरियल ट्रष्टकी व्यवस्थापक आज्ञा खाँडले साईकल सिटीसँग मिलेर काम गर्न पाउदा खुसी लागेको बताईन। टुर दी पोखरा अभियानका बरिष्ट सल्लाकार आनन्दराज मुल्मी,पोखरा नगर बिकासका अध्यक्ष प्रकास मोहन सिग्देल, लगायतले आफ्नो धारणा राखेका थिए।

पोखरा सभागृहबाट सुरु हुने र्‍याली सिर्जनाचोक, सिमलचौर, रत्नचोक, एयरपोर्ट, मुस्तांग चोक, विरौटाचोक, छोरेपाटन हुँदै पुनः विरौटाचोक, शहिदचोक, लेकसाइड, हल्लनचोक, जिरोकिमी, बाग्लुंग बसपार्क, हरिचोक, सिम्पानी, बगर, विन्ध्यवासिनी, नालाकोमुख, तेर्सापट्टी, महेन्द्रपुल, रानीपौवा, माटेपानी, भद्रकालीचोक, मियाँपाटन, अमरसिंहचोक, रामबजार, बुद्धचोक, पोखरा रंगशाला, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड हुँदै पुनः पोखरा सभागृह मै पुगेर टुंगिने साइकल सिटी पोखराका अध्यक्ष जितेन्द्रमान शाक्यले जानकारी दिए ।र्‍यालीमा २ सय ५० भन्दा बढी साइकल यात्रीको सहभागिता रहने अनुमान गरिएको छ ।

र्‍यालीमा सहभागि हुनका लागि ३ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने साइकल र साइकलिंगका लागि आवश्यक पर्ने सामग्रिको आफैं व्यवस्था गर्नुपर्नेछ । आयोजकले सहभागी सबैलाई ज्याकेट र अन्य सुविधा प्रदान गर्नेछ ।