बार्सिलोनाको लज्जास्पद हार,रियल शीर्ष स्थानमा


स्पेनिस ला लिगा फुटबलमा डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले सिजनको पहिलो लज्जास्पद हार व्यहोरेको छ ।बुधबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग ४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।

सेल्टाभिगोको २६ औं मिनेटमा निलेटोको गोलबाट अग्रता लिएको थियो । ३० औं मिनेटमा लगा अस्पाले गोल गर्दै अग्रता दोब्बर पारे ।पहिलो हाफमा दुई गोलको अग्रता लिएको सेल्टा भियोका अस्पाले ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ८० औं मिनेटमा नेयमारले एक गोल गरे । तर, ८३ औं मिनेटमा गाइडिटीले गोल गर्दै सेल्टा भिगोलाई ४–१ को जित दिलाए । गएराति नै भएको अर्को खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–१ ले पराजित गरेको छ । रियलको जितमा दुबै गोल करिम बेन्जिमाले गरे ।

जितसँगै रियल मड्रिड १३ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । समान अंक जोडेको सेल्टाभिगो दोस्रो स्थानमा छ भन बार्सिलोना १२ अंकसहित पाँचौं स्थानमा झरेको छ ।