युरोप,अमेरिका नेतृत्वले खाडीलाई हेरेन भन्दै, साउदीबाट सचिवमा धरम केसीको उम्मेदवारी


साउदी अरब । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा साउदी अरबबाट धरम केसीले उम्मेदवारी घोषणा गरेका छन् । बर्तमान अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहेका केसीले

नयाँ कार्यकालका लागि केसीले पाँच बुँदे प्रतिबद्धतासहित सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । युरोप र अमेरिकाको नेतृत्वले खाडी मूलुकका श्रमिकहरुको समस्या सम्बोधन गर्न नसक्ने ठहर गर्दै खाडी तथा मलेसियाका श्रमिकहरुको समस्या समाधानका लागि आफूले सचिवालय भित्रै रहेर काम गर्ने गरी उम्मेदवारी घोषणा गरेको उनले बताए ।

बैदेशिक रोजगारीलाई ब्यबस्थित एवंम् सुरक्षित बनाउदै श्रमिकहरूका हकहित, सेवा, सुविधा, र सुरक्षाको सुनिश्चितताका लागि खाडी मुलुकबाट आफ्नो उम्मेदवारी रहेको केसीको भनाई छ । उनले बैदेशिक रोजगार ऐनको संशोधन तथा बैदेशिक रोजगार निर्देशक समितिमा एनआरएनएको प्रतिनिधित्वका लागि पहल गर्ने बताएका छन् ।

एनआरएनएको सचिवालयमा कानूनविद श्रम सहचारीको ब्यबस्था गर्ने, दूतावासहरूको जनशक्ति, साधन स्रोत बढाउने, एनआरएन डेस्कलाई कार्यान्वयनमा ल्याउने, आपतकालिन सेवाका लागि हट लाइनको ब्यवस्थाको पहल गर्ने, बिमा र क्षतिपूर्ति रकममा बृद्धी गर्ने , कामदार फर्केपछिको पेन्शन तथा सामाजिक सुरक्षा कोषको ब्यबस्था गर्न पहल गर्ने, घरेलु महिला कामदारहरूलाई सुरक्षित रोजगारीको ब्यबस्थाका लागी पहल गर्नेे, पासपोर्ट र श्रम स्वीकृति छिटो छरितो र सहज बनाउने लगायतका मुलभूत योजनाहरु केसीले अघि सारेका छन् ।

यस्तै संस्थालाई साझा समावेशी, कामदार मैत्री, सामुहिक र सहभागितामुलक निर्णय र नेतृत्व पद्धति अपनाउने, स्वदेशमै रोजगारी सृजनाका लागि वातावरण मिलाउने र बिदेशमा सिकेको सीप, प्रबिधि र अनुभवको समेत सदुपयोग गर्नका लागी “स्वदेश र्फक एनआरएन” प्याकेज तथा परियोजनलाई अभियानका रुपमा पहल गर्ने केसीले प्रतिबद्धता जनाएका छन् ।

केसी एनसीसी साउदी अरबको संस्थापक, महासचिव, दुर्इ कार्यकाल अध्यक्ष र प्रमुख सल्लाहकार हुँदै हाल आईसीसी सल्लाहकारको भूमिकामा रहेका छन् । एनआरएनए लाई पुँजीपति र धनाढ्य बर्गको मात्र संस्था नभएर बिशुद्ध श्रमिकको संस्था बनाउने उद्घोष गरे ।