एनआरएन युरोप उपसंयोजकमा स्पेनका दीपक खरेलको उम्मेद्वारी किन ?


बार्सिलोना/ गैर आबासीय नेपाली संघको युरोपियन क्षेत्रीय उप-संयोजक पदका लागि उमेद्वारी घोषणा गरेका दीपक खरेलले आफ्ना एजेन्डाहरु बारे स्पष्ट पारेका छन्। युरोपमा उपसंयोजक पदमा सबै भन्दा पहिले स्पेनबाट उम्मेद्वारी घोषणा गरेका खरेलले एजेण्डाहरु बारे प्रष्ट पार्दै आँफुलाई मत दिन अनुरोध गरेका हुन्।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका बर्तमान सदस्य समेत रहेका खरेलले बिशेष त युरोपका गैर आबासीयहरुको समस्यालाई समाधान गर्न आँफु लागि पर्ने बताएका छन्। रोजगार वा अध्ययनको सिलसिलामा मोटो रकम तिरेर युरोप छिरेका नेपाली युवाहरुको अबस्था नाजुक नरहेको बताउँदै उनले  हरेक देशमा झेल्नु पर्ने समस्याहरु बारे सबैलाई अवगत हुनु पर्नेमा जोड दिएका छन्।

आर्थिक मन्दीको मार खेपेका युरोपेली मुलुकहरुमा नेपालीहरुको समस्या खाडीका नेपालीहरुको भन्दा कम नरहेको बताउँदै आफुले भोगेका पिडाहरु बाहिर ल्याउन नसक्दा, नामले मात्र युरोप रहेको बताएका छन्। लाखौ ऋण गरेर युरोप छिर्ने गैर आबासीयहरुको भविष्य बारे एनआरएन चिन्तित हुनु पर्नेमा खरेलले जोड दिएका छन्।

उनले भने,”भित्रि ब्यथा बोकेर बसेका हजारौ नेपालीहरु युरोपमा छन्, बाध्यताले लुकेर काम गर्नु पर्ने अवस्था छ,उनीहरुलाई कसरी बैधानिक तवरबाट काम दिलाउन सकिन्छ यो बारे राम्रो ज्ञान दिन सकेमा पनि केहि धैर्यता र हौसला मिल्न सक्छ।”

खरेलले देश पुनर्निमाणको बेला भएकोले अब यस अभियानमा लाग्न सम्पूर्ण गैर आबासीयहरुलाई प्रेरित गर्न, एनआरएनले तय गर्ने मूल: अभियानमा रहेर साथ दिन पनि आँफु उप – संयोजकको जिम्मेवारीमा रहन चाहेको प्रष्ट बारे। यूरोप क्षेत्रमा रहेका २७ राष्ट्रिय समन्वय परिषदहरलाई अझ सक्रिय रुपमा अगाडि बढाउँन आफ्नो समय र दक्षताको प्रयोग हुने खरेलको धाराणा रहेको छ।

खरेल को हुन् ?

काभ्रेपलान्चोकको खरेलथोकमा बि.सं.०३२ सालमा जन्मेका खरेलले प्राथमिक शिक्षा गाउँबाट नै सकी बाँकी अध्ययनका लागि काठमाडौँ आए। खरेलले काठमाडौँमा बोर्डिंग स्कूल संचालन गर्दा ३३% बिद्यार्थीहरुलाई निशुल्क पढाएको बताउछन्। समाजिक र शैक्षिक रुपमा पनि राम्रो छबि बनाएका खरेलले नेपालमा नै स्नाकोत्तर तह सम्मको अध्ययन पुरा गरे।

थप अध्ययनका लागि आज भन्दा १४ बर्ष अगाडि उनि युरोप छिरेका थिए। सन् २००३ देखि स्पेनमा बसोबास गर्दै आएका उनले नेपाली भाषा संस्कृतिको बिकास एबम स्पेनिस समुदाय माँझ, नेपाली पन पुर्याउनको लागि योगदान दिदै आएका छन्। स्पेनमा एनआरएनको स्थापना काल देखि नै सक्रिय रहेका खरेलले यस अघि कोषाध्यक्ष र महासचिब पदमा रही काम गरिसकेका छन्। हाल अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा रही काम गरिरहेका खरेल, स्पेनको सामाजिक कार्यमा सधै सक्रिय नै देखिन्छन्।

उनले दशौ हजार नेपालीहरु बसोबास गर्ने स्पेनमा अझै पनि राजदुताबास स्थापना हुन नसकेको परिपेक्षमा,एनआरएनको जिम्मेबारी ठाउँमा पुगेर स्पेनका नेपालीहरुको मागलाई पुरा गर्न आफ्नो तहबाट दबाब सृजना गर्दै आएका छन्।

आईसीसी सदस्यको भूमिकामा रहेकै बेला स्पेनमा राजदुताबासको माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदा,राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्रमन्त्री लगायत उच्चपदस्थ व्यक्तित्वहरुसँगको भेटबार्तामा पनि सहभागि बने।

स्पेनको बार्सिलोनामा सम्पन्न एनआरएनको सातौ युरोपेली क्षेत्रीय बैठक तथा पाँचौ  महिला सम्मेलन सम्पन्न गर्न खरेलले योगदान दिए। एनआरएन वृत्तबाट नै बार्सिलोनाको युरोपियन क्षेत्रीय सम्मेलन निकै सफल रुपमा मानिदै आएको छ।

तपाईको प्रतिक्रिया