बेलायतबाट कुल आचार्य एनआरएन युरोप संयोजकमा उठ्ने


लन्डन / गैर आबासीय नेपाली संघ युरोप संयोजक पदमा बेलायतका एक सफल ब्यबसायी कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली सँघको अभियानलाई अझ सक्रिय रुपमा निरन्तरता दिने मनसाय राख्दै आचार्यले उम्मेद्वारी घोषणा गरेका हुन्।

आचार्यले एनआरएन युकेको कार्यसमितिमा सदस्य, उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक हुँदै राष्ट्रिय समन्वय परिषदको नेतृत्व समेत गरेका थिए। हाल गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य रुपमा एनआरएन अभियानमा सक्रिय छन्।

आचार्यले एनआरएनए मानवीय तथा कल्याणकारी समितिका सहसंयोजकको रुपमा सफलता पुर्बक जिम्मेबारी निर्बाह गरेका छन्। उनले काठमाडौं त्रिभूवन विमानस्थलमा ४० वटा ट्रली पुर्‍याएर सहयोग पुर्याएका थिए। यस्तै आचार्यको ओलम्पियन भूपेन्द्र सिलवाललाई लण्डन बोलाउनेदेखि पत्रकार अक्षय कोष स्थापना, जुम्लामा बर्थिङ सेन्टर स्थापनाको सहयोगमा पनि ठुलो योगदान रहेको छ।

आफ्नो जन्मथलो पर्वतको धाइरिङमा आफ्नै पिताको नाममा उच्चमाध्यमिक विद्यालयलाई सहयोग गर्ने देखि लिएर कुश्मामा पाठशाला बनाउन समेत उनले सहयोग पुर्याएका छन्। गाउँठाउँका मठमन्दिर, पाटी पौवा बनाउने देखि लिएर नेपाल पुगेका बेला थुप्रै कल्याणकारी काममा सहयोग गर्दै आएका छन्।