युरोप क्षत्रिय उप-संयोजकमा डेनमार्कबाट सुर्य प्रकाश खनालको उम्मेदवारी


कोपनहेगन । गैर आबासीय नेपाली संघको युरोपियन क्षेत्रीय उप-संयोजक पदका लागि डेनमार्कबाट सुर्य प्रकाश खनालले उम्मेद्‍वारी घोषणा गरेका छन्। संघको आगामी अक्टोबर १४ देखि १७ तारिक सम्म काठमाडौमा हुने बिश्व सम्मेलन नजिकिदै गर्दा खनालले उम्मेद्‍वारी घोषणा गरेका हुन्।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका बर्तमान सदस्य समेत रहेका खनालले एनआरएनको अभियानलाई निरन्तरता दिन र अझै बढी जिम्मेबार भएर लाग्नको लागि आँफूले उम्मेद्‍वारी घोषणा गरेको बताए।

खनालले नेपालीनेपाली डटकम मार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्दे भने,” भूकम्प पछि अहिले देश पुन:निर्माणको लागि एनआरएनको काँधमा ठुलो जिम्मेबारी आएको छ। त्यसको एक हिंस्सा बनेर म आँफु पनि लाग्न चाहन्छु। ” युरोपबासी गैर आबासीयहरुलाई देश पुन:निर्माणमा लाग्न प्रेरित गर्ने र एनआरएनको मूल: अभियानमा रहेर साथ दिन आँफुले उम्मेद्वारी घोषणा गरेको उनले बताए ।

नेपालमा तनहुँ घर भएका खनाल हाल गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका बर्तमान सदस्य समेत हुन्। एनआरएनको अभियानमा लागि पर्दै आएका खनाल गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको सदस्य हुँदै  एन आर एन अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य बनेका थिए ।

डायस्पोरामा छरीएर रहेका नेपालीहरुलाई संगठित गर्दै एउटै संजाल मार्फत एनआरएनको अभियानलाई आँफुले शुरु देखि नै साथ दिएको बताउँदै यसको लागी पनि उप संयोजकको जिम्मेबारी स्वाभाविक रहेको उनको तर्क रहेको छ ।

उनले आफनो उम्मेदवारीसंगै सहयोग गर्न हार्दिक अपिल गरेको व्यहोरा यस्तो छ ।

Screen Shot 2015-09-23 at 10.47.20

तपाईको प्रतिक्रिया