युवा संयोजकमा डेनमार्कबाट लोकराज शर्माको उम्मेदवारी


कोपनहेगन । गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युवा संयोजक पदका लागि डेनमार्कबाट लोकराज शर्माले उम्मेद्वारी घोषणा गरेका छन्। हाल  गैर आबासीय नेपाली संघ युरोप क्षत्रिय युवा संयोजक रहेका शर्माले युवाहरुको हितमा काम गर्ने भन्दै उम्मेद्वारी घोषणा गरेका हुन्।

विगत नौ वर्षदेखि डेनमार्क बस्दै आएका शर्माले नेपालीनेपाली डटकम सँग कुराकानी गर्दै भने ” विश्वभर छरिएर रहेको नेपाली दक्ष मानवस्रोत जो देशको लागि आवश्यकता रहेको छ तीनलाई एकवद्ध गर्नु नै मेरो मुख्य योजना हो । उनले त्यससम्बन्धी एन आर एनको टास्कफोर्समा रहेर काम समेत गरेका छन् र हाल करीब एक हजार जनाको नेटवर्क समेत तयार भैसकेको पनि उनले बताए । विदेशमा पनि नेपाली युवा उधमशिलतालाई प्रोत्साहन गर्नु उनको उद्धेश्य रहेको छ ।

विश्वभर छरिएर रहेका नेपाली एक्स्पर्टहरुको नेटवर्कको लागि एन आर एन केन्द्रले बनाएको योजनामा रहेर काम गरेका शर्माले त्यससम्बन्धी सफ्टवेयर बनाउने कार्यमा भूमिका निभाएका थिए । उक्त सफ्टवेयरमा दक्ष नेपाली मानवस्रोतहरुको विवरण रहेको पनि उनले बताए । उनले गतवर्ष वार्सिलोनामा सम्पन्न युरोप क्षत्रिय सम्मेलनमा आफनो कार्यपत्र प्रश्तुत गरेका थिए ।

गैर आबासीय नेपाली संघको स्थापना काल देखि नै संघ सँग नजिक रहेर, सक्रिय रुपमा लाग्दै आएको बताएका शर्माले एनआरएन भित्रको राजनीतिक कारणले पनि काम गर्न सक्ने, योग्य युवाहरु अझै बाहिर रहेको बताए। उनले भने,” धेरै सक्षम युवाहरु संघको संजाल देखि बाहिर छन्, ति सबैलाई समेट्न सक्नुपर्छ। राजनीतिक रुपमा सक्रिय भएकालाई मात्र  अबसर मिल्ने परम्पराको अन्त्य हुनु पर्दछ।”

जुम्ला जिल्ला स्थायी घर भएका शर्माले डेनमार्कको विश्वविधालयबाट स्नातकोत्तर शिक्षा हासिल गरेका छन्।

युवा संयोजकमा उम्मेद्वारी किन ?

युवा संयोजक पदमा उम्मेद्वारी घोषणा गर्नुको कारण खुलाउदै शर्माले युवा संजालमा आफ्ना बटा ३ संकल्पहरु रहेको बताएका छन्। जसमा विश्वभर छरिएर रहेको नेपाली दक्ष एक्स्पर्टको नेटवर्क तयार गर्नु, विदेशमा पनि नेपाली युवा उधमशिलताको लागि प्रोत्साहन गर्दै केन्द्रले उधमशिलताको लागि फन्ड बनाउने कार्यको लागि पहल गर्ने र सहुलियत दरमा युवाको योजना अनुसार ऋण उपलध गराउने र भुकम्पपछिको नेपाल पुनर्निर्माणमा विदेशमा रहेको दक्ष नेपाली शिपको सदुपयोगमा जोड दिने रहेका छन् ।

एक दशक पार गरिसकेको एनआरएन संजालमा दोश्रो पुस्ताको आवश्यकतालाई पनि सम्बोधन गर्नुपर्ने बताउदै आएका शर्माले एक दूरदर्शी र सक्षम नेतृत्वको जरुरत र महसुस गर्दै आँफुले उम्मेद्वारी घोषणा गरेको बताउँछन्।

तपाईको प्रतिक्रिया