बिश्व सम्मेलनका उम्मेद्वारहरुसँग,पत्रकार महासंघ युरोपको अन्तरक्रिया सम्पन्न


वसन्त रानाभाट,बार्सिलोना / गैर आबासीय नेपाली संघको सातौ अधिबेशनमा युरोप क्षेत्रबाट उम्मेद्वारी घोषणा गरेका एनआरएनका अभियन्ताहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा बेल्जियमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।एनआरएनका उम्मेदारहरुका एजेन्डाहरुलाई सम्पूर्ण गैर आबासीयहरु माँझ ल्याउने उदेश्य सहित महासंघले प्रत्यक्ष एबम स्काईप मार्फत अन्तरक्रिया गरेको जनाएको छ।

अक्टोबरमा हुने आगामी अधिबेशनमा जर्मनीबाट उम्मेद्वारी घोषणा गरेका कुमार पन्तले देश पुन:निर्माणको चरण भएकोले एनआरएन अभियानमा आफ्नो निरन्तरता स्वरूप उपाध्यक्ष पद जिम्मेबारी लिन चाहेको बताए। बर्तमान कार्यसमितिका महासचिबको जिम्मेबारी निर्बाह गरिरहेका पन्तले स्काईप मार्फत कुराकानी गर्दै आफ्नो हार भए पनि जीत भए पनि सदैब एनआरएनकै साथमा रहने प्रतिबद्दता ब्यक्त गरे।

स्पेनबाट महासचिब पदमा उम्मेद्वार घोषणा गरेका पुष्प राज तिमिल्सिनाले आँफु महासचिबका लागि पूर्ण रुपमा योग्य रहेको बताउदै मत दिएर जिताउन गैरआबसीयहरुलाई अनुरोध गरे। अष्ट्रेलियामा एकै देशबाट अध्यक्ष,महासचिब,लगायत महत्वपूर्ण सबै पदहरुमा उमेद्वारी घोषणा गरेको प्रति इंगित गर्दै तिमिल्सिनाले एनआरएन एउटा देशको मात्र नभई ७१ बढी मुलुकको संजाल रहेको स्पष्ट पारे।

अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार समेत रहेका तिमिल्सिनाले युरोपका एनआरएनहरुको मत पाउँने बिश्वास सहित बेल्जियमको कार्यक्रममा सहभागीता जनाएको बताए।

बेल्जियमबाट नै सचिबमा उम्मेद्वार घोषणा गरेका अर्जुन कुमार श्रेष्ठले युरोप क्षेत्रको संयोजकमा रही अनुभवहरु बटुलेको बताउदै अझ थप जिम्मेबारी लिने महशुस गर्दै सचिब पदमा उमेद्वारी घोषणा गरेको बताए। संघको गहन अनुभवका कारण, यस अभियानको चुनौति र अवसरहरुलाई निकटबाट बुझेको बताउँदै श्रेष्ठले चुनौति र अवसरहरुको ब्यवस्थापनमा सक्रिय रहने , संघका उदेश्यहरुको प्राप्तिमा सहयोग गर्ने उदेश्यका साथ आगामी कार्यकालका लागि केन्द्रिय सचिव पदमा उम्मेदवारी दिएको जनाएका छन्।12036445_852139464906191_4617331959609633978_nप्रत्यक्ष कार्यक्रममा उपस्थित नभई स्काईप मार्फत कुराकानी गरेका अर्का सचिबका प्रत्यासी सुरेन्द्र श्रेष्ठले संबिधान बनीसकेकाले अब देशमा, निश्चल मनका साथ गैर आबसीयहरुले लगानी गर्नु पर्नेमा जोड दिए। बेलायत देखि उम्मेद्वारी घोषणा गरेका श्रेष्ठले एनआरएको अभियानलाई मन देखि देखि नै साथ दिने बताउदै अब लगानी भित्राउन आफुले जोड दिने बताए।

युरोप संयोजक पदमा उम्मेद्वारी घोषणा गरेका डेनमार्कका सोम सापकोटा र बेलायतका कुल आचार्य दुबैले स्काईप मार्फत नै सहभागिता जनाएका थिए। युरोप उपसंयोजक पदमा रही काम गरिरहेका सापकोटाले बिगत २ बर्षमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुमा आफ्नो समय र क्षमताको प्रयोग गर्दै एनआरएन वृत्तमा काम गरेको अनुभवका आधारमा पनि संयोजकको जिम्मेबारी स्वभाबिक रहेको बताए।

एनआरएन युकेका पुर्ब अध्यक्ष एबम आईसीसी सदस्य आचार्यले युरोपमा बसेर नेपालीहरुको समस्या तथा पिडा नजीकबाट बुझेको र संघको अभियानमा निरन्तर लागेको हुनाले पनि समस्या समाधान गर्न सक्दो पहल गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिने बताए।

बेल्जियमबाट नै युरोप उप संयोजक पदमा उम्मेद्वारी घोषणा गरेका शिब कुमार बरुवाल र प्रेम गुरुङ प्रत्यक्ष अन्तरक्रियामा सहभागी भए। बरुवाल बर्तमान आईसीसी सदस्य हुन् भने गुरुङ एनआरएन बेल्जियमका निर्बतमान अध्यक्ष हुन्। दुवै जनाले युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदका गैर आबसीयहरुको हितमा लागि पर्ने प्रतिबद्दता ब्यक्त गरे।

बेल्जियमबाट नै अन्तराष्ट्रिय समन्वय परिषद महिला संयोजक पदमा उम्मेद्वारी घोषणा गरेकी रजनी प्रधानले बेल्जियमबाट नै शुरु भएको एक युरो एक महिलाको अभियान अहिले संसारभर पुग्न सकेकोमा खुसी ब्यक्त गरिन्। महिला उप-संयोजक पदमा रही काम गरिरहेकी प्रधानले अझै खाडी मुलुक र नेपालका बिकट ठाँउमा रहेका महिलाहरुको हितमा लागि आँफुले ठोस योजना सहित संयोजक पदमा उम्मेद्वारी घोषणा गरेको बताईन्।12049591_852139441572860_1340462573820832309_nयस्तै युवा संयोजक पदमा उम्मेद्वारी घोषणा गरेका निर्मल अर्याल र फणिन्द्र पन्तले अन्तरक्रियामा सहभागी बन्दै आ – आफ्ना धाराणा राखे। फ्रान्सबाट सहभागी बनेका अर्याल र नेदरल्याण्डका पन्तले युवा परिचालन सम्बन्धि एजेण्डाहरु पनि प्रस्तुत गरेका थिए।

पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षता सम्पन्न अन्तरक्रिया कार्यक्रमको संचालन महासंघका बरिष्ट उपाध्यक्ष ओम शर्माले गरेका थिए। राष्ट्रिय समन्वय परिषद बेल्जियमका अध्यक्ष गंगाधार गौतमले एनआरएन अभियन्ताहरुलाई स्वागत गर्दै शुभकामना ब्यक्त गरे। अन्तक्रिया कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया