बेल्जियमबासी नेपालीहरुले पनि संबिधानको स्वागत गरे ( फोटोफिचर सहित)


लुभेन / गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमले मुलुकमा नयाँ संबिधान जारी भएकोमा स्वागत गर्दै दिपावली गरेको छ। राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान-२०७२’लाई विशेष समारोहबीच घोषणा गरे पछि संघले दिपावली गरेर नयाँ संबिधानको स्वागत गरेको हो।

गैर आबसीयहरुलाई ‘नेपाली नागरिकताको निरन्तरता’को मागलाई नयाँ सबिधानमा सम्बोधन भए पछि बेल्जियममा गैर आबसीयहरु उत्साहित हुँदै कार्यक्रममा सहभागी बनेका थिए। दिप प्रज्ज्वलन कार्यक्रम राष्ट्रिय गान प्रस्तुत गर्दै मुलुकको सम्बृद्धि र प्रगतिको कामना गरिएको थियो।

कार्यक्रममा बेल्जियम स्थित बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।  यस अघि संघले सुचना जारी गर्दै साँझ ९ बजे लुभेन अोन्थस हाउसमा हुने दिपावली कार्यक्रममा सहभागी हुन बेल्जियम बासी नेपालीहरुलाई अनुरोध गरेको थियो।

तस्बिर:- फेसबुकबाट

12039283_1045005995517747_4811266197272338350_n

 

12038296_1113779058651006_6384246330821927641_n

12049711_1045005398851140_7329425199630062163_n-212039270_1045005572184456_1806282236119091360_n11220106_1045005865517760_44882555787070235_n