एनआरएन युरोप पुस्तिका प्रकाशन हुने


बार्सिलोना/ गैर आबासीय नेपाली संघ युरोपियन क्षेत्रले पुस्तक प्रकाशन गर्ने भएको छ। संघले युरोप क्षेत्रका गतिबिधिहरुलाई समाबेश गर्दै एनआरएन युरोप पुस्तिका प्रकाशन गर्न लागेको हो। संघका उपलब्धिहरुलाई अभिलेखका रुपमा जीवन्त राख्ने उद्वेश्य अनुरुप पुस्तिका प्रकाशन गर्न लागेको युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ द्वारा जारी बिज्ञप्तिमा जनाईएको छ।

पुस्तिकामा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदद्वारा सम्पन्न गरिएका कार्यहरुको विवरण नछुट्ने गरी तयार पारिने हुँदा प्रगति प्रतिबेदन उपलब्ध गराउन युरोप क्षेत्रले अनुरोध गरेको छ।

बिज्ञप्तिमा नेपाल र नेपालीको लागी स्थापित गैर आवासीय नेपाली संघले स्थापनाको आफ्नो १२ पुरा गरिसकेको र नेपालको प्राकृतिक प्रकोप एंव नेपालको सामाजिक र राजनीतिक रुपान्तरणमा समेत बिशेष भूमिका निर्वाह गरिरहेको संघको गरिमामय ईतिहासलाई कायम राख्दै पुस्तकमा सामाग्रीहरु समाबेश गर्ने उल्लेख गरिएको छ।

पुस्तकमा समाबेश गरिएका बिषय बस्तुबाट आउँदा दिनमा गैर आबासीयहरुलाई प्रेरेणा मिल्ने अपेक्षा पनि संघले लिएको छ।