संबिधान जारी भए पछि फिन्ल्याण्डबासी नेपालीले गरे द्विप प्रज्वलन


श्रवण खनाल
हेल्सिन्की/
नेपाली जनताको दशकौँ देखिको चाहना, सँघर्ष र बलिदान मार्फत प्राप्त नेपालको सँबिधान २०७२ जारि भएकै दिन पारेर नेपाल फिन्ल्याण्ड समाजले सेप्टेम्बर २० तारिखमा राजधानी हेल्सिन्कीमा बसोबास गर्नुहुने नेपालीहरुका बिच बधाई , शुभकामना साटासाट गर्दै द्विप प्रज्वोलन गरेको छ।

हेल्सिन्कीमा अवस्थित पर्यटकिय हिसाबले अति नै महत्वपूर्ण मानिने सेतो चर्चमा आयोजित उक्त कार्यक्रममा छोटो सुचनाका बाबजुद सयोँको सख्यामा नेपालीहरु भेला भएका थिए। नेपाली झन्डा फहराउदैँ हातमा मैनबत्ती बोकेर जम्मा भएका मानिसहरुको समुह देख्दा यहाँँ घुम्न आएका पर्यटक र स्थानिय फिनिशहरुले पनि उत्साहपुर्बक जमघटबारे जानकारी लिए।

unnamed-68नयाँ सँबिधान प्राप्तिका लागि आफ्नो ज्यान गुमाएका ज्ञात अज्ञात शहिदहरु प्रति मौन धारण गर्दै नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रममा फिन्ल्याण्ड नेपाल समाजका अध्यक्ष हेमराज शर्मा, सल्लाहाकार कोमल पौड्याल, ज्योति प्रकाश खरेल, एन आर एन फिन्ल्याण्डका अध्यक्ष बाल कृष्ण श्रेष्ठले आगन्तुक सबैलाई धन्यवाद दिदैँ सँबिधानको सफलताको कामना गरे।

unnamed-69