प्रबासी मञ्च स्पेनको दिपावली कार्यक्रम सम्पन्न, संबिधान जारी भएकै दिन कार्यलय उद्घाटन


बार्सिलोना / प्रबासी नेपाली मञ्च स्पेनले देशमा नयाँ संबिधान घोषणा हुँदै जारी भएको उपलक्ष्यमा बार्सिलोनामा दिपावली गरेको छ। राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान-२०७२’लाई विशेष समारोहबीच घोषणा गरे पछि मञ्चले दिपावली गरेको हो।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान २०७२ मा हस्ताक्षर सहित प्रमाणीकरण गरि आज नै राष्ट्रपती डा यादवले मुलुकका नयाँ संबिधान घोषणा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा सँस्थापक अध्यक्ष पुष्प राज तिमिल्सिनाले मुलुक संबिधान घोषणा सँगै सबैं नेपालीहरुको खुसियाली छाएको बताएका छन्। बिशेष अतिथि मञ्चका निबर्तमान अध्यक्ष मुक्त बहादुर गुरुङले जारी भएको संबिधानलाई सस्थागत गर्न दलहरु लागि पर्नेमा बिश्वास ब्यक्त गरे।

संबिधान जारी भएर प्रबासमा खुसी छाईरहेको बेला आयोजना गरिएको कार्यक्रममा मञ्चका उपाध्यक्ष ओमर गुरुङ ,सचिब हेम प्रसाद पाण्डे, कोषाध्यक्ष दिनेश राज रेग्मी,सुबास रानाभाट,ऋतु ढुंगाना,सुनिल रेग्मी, लगायतले बोलेका थिए।

नेपालीनेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटले मञ्चले पत्रकारहरुलाई समेत छोटो समयमा नै औपचारिक रुपमा आमन्त्रण गरेर मुलुकको खुसियालीमा दिपावली गर्ने अबसर दिएकोमा धन्यबाद ब्यक्त गरे।

मञ्चका अध्यक्ष दिनेश गुरुङले देशमा संबिधान जारी गर्न दलहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै अब देश निमार्णमा जुटेर लाग्नु पर्नेमा जोड दिए। कार्यक्रमको संचालन महासचिब लक्ष्मण शर्माले गरेका थिए।

संबिधान जारी भएकै दिन कार्यलयको उद्घाटन

सन् २००७ देखि स्पेनको नेपाली समुदाय माझ सक्रिय रुपमा लाग्दै आएको प्रबासी नेपाली मञ्च स्पेनले देशमा संबिधान जारी भएकै खुसियालीमा आफ्नो कार्यलयको उद्घाटन गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष तिमिल्सिनाले कार्यलय बोडको अनाबरण गर्दै कार्यलय उद्घाटन गरेको छ । सोहि अबसरमा बोल्दै तिमिल्सिनाले मञ्चको नियमित बैठक बस्न रेष्टुराहरु धाउनु परेको भन्दै स्मरण गरे।12032569_1017141751671377_1041216515_nमञ्चका अध्यक्ष गुरुङले अब केहि दिनमा नै कार्यलयमा सबै आबश्यक सामाग्री जुटाउने बताउदै नेपाली समुदायको हितमा पनि कार्यलयको प्रयोग हुने बताएका छन्। बार्सिलोना स्थित ओला नेपाल रेष्टुरेन्टले मञ्चलाई कार्यलय उपलब्ध गराएको छ।

दिपावली कार्यक्रम तथा कार्यलय उद्घाटन कार्यक्रममा स्पेन स्थित सबै पत्रकारहरुलाई निमन्त्रणा दीइएको मञ्चले जनाएको छ।