पत्रकारलाई उचित समय र स्थान नदिए एनआरएनसँग कसरी सहकार्य गर्ने ?


लण्डन/ नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माले पत्रकारहरुलाई उचित स्थान र समय नदिएको भन्दै आक्रोश ब्यक्त गरेका छन्। एनआरएन युकेको नबनिर्वाचित कार्यसमितिले लण्डन आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुलाई बेवास्ता गर्न खोजिए पछि अध्यक्ष शर्माले यस्तो आक्रोश ब्यक्त गरेका हुन्।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेको उपस्थितिमा पत्रकारहरु सँग छुट्टै अन्तरक्रियाको कार्यक्रम तय गर्दै निमन्त्रणा गरिएको भए पनि समय अभाव भन्दै पत्रकारको कार्यक्रम रद्द गर्न खोजिए पछि अध्यक्ष शर्मा आक्रोशित बने। सार्बजनिक रुपमा नै अध्यक्ष शर्माले भने,” हामी काम नपाएर बेरोजगार भएर यहाँ आएको हैन,छलफल र प्रश्न राख्नको लागि निमन्त्रणा गरेर आएका हौ। त्यसैले अध्यक्ष घले सँग छलफल गर्न पाउँनु पर्छ।”

पहिलो चोटी सार्बजनिक रुपमा आँफुलाई यसरी बोल्न बाध्य पारेको स्पष्ट पार्दै उनले, बाहिरबाट अतिथि बोलाए पनि, बक्ताहरुले माईक समाते पछि छोड्दै,नछोड्ने गर्नाले कार्यक्रमको तालिकामा नै असर पर्ने भन्दै सचेत गराए। उनले भने,”हामी पत्रकारहरु चार घण्टा देखि उभिएर बसेका छौ,राति नसुती नसुती समाचार लेख्नु पर्छ, फेरि हाम्रै कुरा राख्न नपाए कसरी एनआरएन सँग सहकार्य गर्ने ?

शर्माले “पत्रकार साथिहरु सबै अघि आउनुहोस आफ्ना कुरा राख्नुहोस् भन्दै अध्यक्ष घलेसँग अन्तरक्रिया कार्यक्रम अगाडि बढाएका थिए।

लाईभ अडियो सुन्नुहोस्।