एनआरएन स्पेनले नयाँ संबिधानको स्वागत गर्दै दिपावली गर्ने


बार्सिलोना / गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले मुलुकमा नयाँ संबिधान बनेकोमा स्वागत गर्दै दिपावली कार्यक्रमको आयोजना गरेको छ। राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान-२०७२’लाई विशेष समारोहबीच घोषणा गर्ने भए पछि संघले दिपावली गर्ने भएको हो।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान २०७२ मा हस्ताक्षर सहित प्रमाणीकरण गरिसकेकोमा खुशी ब्यक्त गर्दै संघले मुलुकमा सम्बृद्धिको कामाना गरेको छ।

स्पेनका गैरआवासीय नेपालीहरुलाई पनि देशमा संबिधान निर्माणमा भएको प्रगतिले हषिर्त बनाएको बताउँदै संघले ऐतिहासिक खुसीको क्षणमा हुने दिपावली कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेको हो। मुलुकको सम्बृद्धि र प्रगतिका लागि शुभकामना ब्यक्त गर्दै दिपावली कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष मुक्त बहादुर गुरुङले नेपालीनेपाली डटकमलाई जानकारी दिए।

‘नयाँ संविधान जारी सँगै अब मुलुक आर्थिक सम्बृद्धि तर्फ लम्कने बिश्वास राख्दै संघले ‘नेपाली नागरिकताको निरन्तरता’को मागलाई सम्बोधन गर्दै नयाँ संविधानले गैरआवासीय नेपाली नागरिकताको प्राबधान पारित गर्नु सम्पूर्ण गैर आबसीयहरुको उपलब्धि भएको भन्दै खुशी ब्यक्त गरेको छ।

आईतबार राष्ट्रपतिबाट नेपालको नयाँ संबिधानलाई घोषणा गर्ने कार्यक्रम रहे पनि सो दिन दिपावलीको लागि स्थान उपलब्ध हुन नसकेको जानकारी गराउँदै संघले सोमबार  साँझ सात बजे कार्यक्रम राखेको जनाएको छ।

प्लासा दे साग्रदा फ्यामेलियामा हुने कार्यक्रममा स्पेनबासी नेपालीहरुलाई सहभागी बन्न महासचिब उमेश प्रसाद अधिकारी द्वारा जारी बिज्ञप्ति मार्फत अनुरोध गरिएको हो।