स्पेनको अल्ट्रा दौडमा यसरी सहभागि बनिन् मिरा राई ( फोटोफिचर सहित )


– बसन्त रानाभाट
बार्सिलोना । ‘हार-जित के हुन्छ थाहा छैन । तर, अन्तिम पलसम्म आफ्नो देशलाई छातिमा राखेर दौडिनेछु’ भन्दै धावक मिरा राईले १ सय १० किलो मिटर लामो अल्ट्रा दौड शुरु गरेकी छिन्।संसारकै पाँच उत्कृष्ट दौडमध्ये पर्ने प्रेनेउ अल्ट्रा जितेर बिश्व च्याम्पियन बन्ने सपना बोक्दै राईले शनिबार दौड शुरू गरेकी हुन्।

उनलाई हौसला प्रदान गर्न स्पेन स्थित नेपालीहरु स्थानीय समय अनुसार बिहान ५ बजे नै उच्च पहाडी क्षेत्र बागा पुगेका थिए। दौड बिहान ७ बजे देखि शुरु भए पनि लामो समय सम्म मिराको प्रतिक्षा गर्दै उनीहरुले नेपाली झण्डा फहराउँदै शुभकामाना दिए। दौडमा भाग लिनु अगाडि नेपाली चेली राईलाई यहाँका स्थानीय संचार माध्यमहरुले पनि निकै प्राथमिकताका साथ स्थान दिएका थिए। यो समाचार तयार पार्दा सम्म राईले ७ घण्टा दौड यात्रा पुरा गरिसकेकी छिन्।

पिरेना बागामा भईरहेको अल्ट्रा दौडमा सहभागी हुन उनले पाँच वटा छनोट चरण पार गर्दै आएकी हुन् ।कठिन मिहेनत पछि मात्र फाईनल खेल्ने अबसर पाएकी राईले ‘धेरै पटक च्याम्पियन बनेका र रेकर्ड बनाएका सिनियर धावकहरु सँग प्रतिस्पर्धा गरिरहेकी छिन्।सयौ धावकहरु सहभागी बनेको उक्त प्रतियोगितामा मिराले १३ घण्टाभित्र दौड पूरा गर्ने लक्ष्य बोकेकी छन् ।IMG_6823फ्रान्समा मोन्ट ब्लंक म्याराथनको उपाधि जितेर चर्चा कमाएकी राईले संसारका उत्कृष्ट धावकहरु अगाडि नेपाली झण्डा फहराउने संकल्प बोकेको छिन् । मिराले यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जित्दै नेपालको शान बिश्वभर फैलाएकी थिइन् । एक सय दश किलोमिटर दौडमा खानाको लागि ८ बटा चेक पोष्ट सहित, फलफुल पानी र जुस राखिएको छ।

भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरदेखि नै माओवादी जनयुद्वमा लागेकी थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा कम उमेरका कारण उनलाई अयोग्य लडाकु ठहर गरिएको थियो ।फ्रान्समा उपाधि जितेर चर्चा कमाएपछि पनि नेपाल सरकारबाट कुनै किसिमको सहयोग र प्रोत्साहन नमिलेको उनले बताउँदै आएकी छिन् । व्यक्तिगत सहयोगहरुबाट नै उनले संसारका उत्कृष्ट प्रतियोगिताहरुमा सहभागी जनाउँदै आएकी छिन्।

अल्ट्रा दौड शुरु गरेको २ बर्षमा नै चर्चा कमाएकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको १ बर्ष मात्र भएको छ । उनले हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्बिजरल्याण्ड ईटाली लगायतका देशहरु अल्ट्रा दौडमा भाग लिई अहिले स्पेन आएकी हुन्।
12038928_916428238423497_897645891034814887_o12029669_916428445090143_873250677190460344_o12045669_916428618423459_8836733356382741403_o12030370_916428621756792_6352543158798980106_oIMG_6848IMG_679912028749_916428721756782_1939441431505324919_oIMG_6857IMG_6844IMG_6902IMG_6887IMG_6886IMG_6834IMG_6884

 

तपाईको प्रतिक्रिया