कोमल वलीले बार्सिलोनामा बबाल मच्चाईन् (भिडियो हेर्नुहोस्)


बार्सिलोना/
स्पेनमा यस बर्षको हरितालिका तीज कार्यक्रम ऎतिहासिक बनेको छ। लोकगायिका कोमल वलीले स्पेनबासी नेपालीहरुलाई भर पुर मनोरन्जन दिदै कार्यक्रमलाई ऎतिहासिक बनाएकी हुन्। स्पेनमा हुँदै आएका कार्यक्रम मध्ये यस बर्षको तीज बिशेष कार्यक्रममा दर्शकहरुको अहिले सम्मकै सर्बाधिक उपस्थिति रहेको थियो।

महिला दिदीबहिनीहरु सारी, चुरा पोते, गर गहनाले सजिएर कम्मर मर्काई मर्काई नाचे। गायिका वलीले आफ्ना तीजे भाकाहरु त गाईन् नै, त्यो अलवा तुलसी पुरमा म जाँदा खेरी,बाँझो खेतमा छड्के सलाम छ मायालाई,नरिसाउ न मितिनी ज्यू जस्ता दर्जनौ गीतहरु गाउँदा बार्सिलोना नै थर्किएको थियो।

गीत अलवा बलीको बोल्ने शैलीका कारण पनि कार्यक्रममा पुरुषहरु निकै आकर्षित बने ।प्रबासी नेपाली मञ्च स्पेनले आयोजनामा सम्पन्न कार्यक्रममा नेपालीनेपाली डटकमको टिमले वलीको प्रस्तुतीलाई समेटेर भिडियो तयार गरेको छ।

भिडियो हेर्नुहोस्।

KOMAL OLI, MEGA SHOW AT BARCELONA TEEJ 2015