पोर्चुगलबासी नेपालीहरुको लागि दुवै तिर दुताबास स्थापना गरिनुपर्छ – शेष घले


लिस्बोन/ गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले पोर्चुगलबासी नेपालीहरुको समस्या समाधानको लागि दुईबटा दुताबास हुनु पर्नेमा जोड दिएका छन् । यहाँका गैर आबासीयहरुले आफ्ना दुख तथा भोगाईहरु सुनाए पछि, जरै देखि समस्याको समाधान गर्न घलेले काठमाडौ र पोर्चुगलमा गरि दुबै तिर दुताबास स्थापना हुनु पर्नेमा जोड दिएका हुन्। दुताबास स्थापनाको आबश्यकता बारे प्रष्ट पार्दै नेपाल सरकार समक्ष आँफूले कुरा राख्ने प्रतिबद्दता समेत ब्यक्त गरे।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दुताबास नहुँदा बिभिन्न कागजी प्रक्रियामा भोग्नु पर्ने समस्या बारे,गैर आबासीयहरुले अध्यक्ष घलेलाई जानकारी गराएका थिए। उनीहरुले नेपालबाट पोर्चुगल आउँदा मोटो रकम तिर्नु पर्ने र यता आए पछि पनि कागज बनाउँन फेरि खर्च लाग्ने हुँदा, हैरानी खेप्नु पर्ने समस्या सुनाए।

12032669_760936280718955_259883115183995936_oलामो समय देखि पोर्चुगल बस्दै आएका नेपालीहरुलाई पनि राम्रो कामको अबसर नमिल्ने ,खेतिमा काम गर्दा दुख भोग्नु पर्ने,कागजात,डकुमेन्टहरुको लागि पेरिस दुताबासमा धाउनु पर्ने जस्ता समस्याहरु सुने पछि घलेले यसको समाधानको लागि दुवै तिर दुताबास स्थापना गर्नु पर्नेमा जोड दिएका हुन्।

धन्यबाद तथा आभार प्रकटको कार्यक्रम रहेकोले अध्यक्ष घलेले भूकम्पका बेला एनआरएनले राहत बितरणमा लिएको नीतिबारे पनि प्रष्ट पारे। उनले भने,”तपाईहरुले उठाएको प्रत्येक डलरको महत्वलाई बुझ्दै नेपाल सरकार सँग समन्वय गरेर ,कहाँ कहाँ राहत पुर्याउँने निर्णय हाम्रो टिमले लिएको थियो। एउटा टेण्ड नै चाहियो भने पनि त्यो कहाँ पुर्याउँने भन्ने बारे,राहत बितरणमा खटिएको टिमको निर्णय हो। हामी सोच बिचार गरेर प्रभावित ठाउँका लागि नै राहत पुर्याएको हौ।’

उनले एनआरएनले राहात बितरणमा पुलको काम गरेको बताउँदै अब देश पुन:निर्माणमा पनि त्यस्तै भूमिका गर्ने बताए। १ हजार घर निर्माण बारे प्रष्ट पार्दै अध्यक्ष घलेले,पिडितलाई सानो घर बनाएर त्यसै छाड्ने होईन। उनले भने,” अब गाउँ बस्तीका हाम्रा दाजुभाई दिदीबहिनीहरुको जीवनस्तरलाई परिबर्तन गर्न सक्नु पर्छ। अब घर हस्तान्तरण पछि गाउँमा बस्ती दिगो हुन सकोस्। कम्तिमा पहिलेको भन्दा राम्रो हुन सकोस् भन्ने हाम्रो चाहाना हो।’12006640_760935337385716_4865959063387751896_o

घलेले अझै पनि एनआरएन जहाँ पुग्नु पर्ने हो ,त्यहाँ पुग्न नसकेको बताउँदै, धेरै कामहरु गर्न बाँकी रहेको बताएका छन्। जहाँ जहाँ गैर आबासीयहरु बसेका छन् त्यस देशको सरकारले पनि एनआरएनलाई बिश्वास गर्न सकोस् यसका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाई छ ।

“प्रबासमा रहेका नेपाली संघ सस्थाहरुको मन राष्ट्रिय समन्वय परिषदहरुले जिती सकेको छ त्यसैको प्रतिफल नै हो, सबैले राहत एनआरएन मार्फत नै पठाउँन चाहे।” तर घलेले भने,” अझै पनि हरेक देशमा रहेका एनआरएनहरुले त्यहाँको सरकारी स्तर सँग मिलेर काम गर्न सक्ने अवस्था छैन,यसका लागि धेरै मेहेनत गर्नु पर्छ। यदी त्यो स्तरले काम गर्न सकेमा धेरै नेपालीहरुको समस्या समाधान हुन सक्छ।”

अध्यक्ष घलेले राहत संकलनमा खटिएका संघ सँस्थाका प्रतिनिधिहरुलाई खादा लगाएर सम्मान ब्यक्त गरे। एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ,लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बोलेका थिए। कार्यक्रममा उपस्थित पोर्चुगलबासी गैर आबासीयहरुले अध्यक्ष घलेलाई पुन: एनआरएनको नेतृत्व लिन सुझाव दिए।