एनआरएन बेल्जियमको पदभार ग्रहण कार्यक्रम सम्पन्न


बेल्जियम । गैर आवासीय नेपाली संघ बेल्जियम को बरबुझारथ तथा पदभारग्रहण तथा हस्तान्तरण कार्यक्रम गैर आवासीय नेपाली संघ बेल्जियमका निबर्तमान अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठले गैर आवासीय नेपाली संघ बेल्जियमले गर्ने कार्यहरुमा सहभागी हुदै आएको र आगामी कार्यहरुमा पनि सहयोग रहिरहने बताउदै नया कार्यसमितिलाई शुभकामना दिएका थिए ।

यसै गरि गैर आवासीय नेपाली संघ बेल्जियमका नवनिर्वाचित अध्यक्ष गंगाधर गौतमले गैर आवासीय नेपाली संघ बेल्जियमले आगामी दिनहरुमा बेल्जियममा रहेका नेपालीहरु लगायत बिभिन्न नेपाली संघ-सस्था हरु संग हातेमालो गर्दै नेपाल र नेपालीका लागी रचनात्मक कार्य गर्ने बताए।

unnamed-76यसै गरि आई सी सी सदस्य द्वय शिव कुमार बरुवाल, जानकी गुरुङ, नेपाली जनसम्पर्क समितिका शुभाष जोशी, जनप्रगतिशील मंच यूरोपका सुरेन्द्र भुषाल लगायतले नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना दिएका थिए ।

गैर आवासीय नेपाली संघ बेल्जियमका २०१३-१५ निर्वाचन संयोजक बोधराज पौड्यालले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै नवनिर्वाचित पदाधिकारी हरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । साथै एनआरएन ए बेल्जियमका निबर्तमान कोषाध्यक्ष नरहरी सापकोटाले निर्वाचित कोषाध्यक्ष आङ माया लामालाई सस्थाको सम्पूर्ण आर्थिक बिवरण समेत हस्तान्तरण गरे।

निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई प्रमुख अतिथि अर्जुन कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ दिलाए। कार्यक्रमको संचालन निबर्तमान महासचिव माधव सापकोटाले गरे ।