एनआरएनए जाम्बियाको अध्यक्षमा बिदुर खनाल निर्बाचित


लुसाका/ एनआरएनए जाम्बियाको दोश्रो बार्षिक साधारण सभा हालै जाम्बियाको राजधानी लुसाकामा सम्पन्न भएको छ । सभाले बिदुर खनाललाई सर्बसम्मतिले अधक्ष्य निर्बाचित गरेको छ। त्यसै गरि प्रकाशचन्द्र घिमिरे उपाध्यक्ष , अजिज रहमानी महासचिब र भिमबहादुर बमलाई कोषाध्यक्षमा निर्बाचित गर्यो।

कार्य समितीको सदस्यहरुमा सन्ध्या खनाल, ईन्दिरा उप्रेती ,मोतिलाल श्रेष्ठ ,दिपक प्रसाद ढुंगाना ,पोषण राज बस्नेत ,खेम नारायण पौडेल र रघुबर दत्त भट्ट रहेका छन्। त्यसगरी सल्ल्हाकारहरुमा अंगिरा आचार्य ,रामजी ढकाल र बिशाल नाथ उप्रेती मनोनयन भए।  साधारण सभाले जाम्बियाका गरिब र दुखि समुदायका लागि कल्याणकारी परियोजना संचालन गर्ने निर्णय समेत गरेको छ ।