टुर दि फ्रान्सको झल्को पोखरामा मेटिएला ? “बिशेष अन्तर्वार्ता”


पोखरा/ टुर दि फ्रान्स शुरु भएको करिब १सय १२ वर्ष पछि त्यही अभियानबाट प्रभावित भएर टुर दि पोखराको नामका साईकल ¥यालीको आयोजना गरिएको छ। पर्यटकीय शहर पोखरामा आगामी असोज १२ गते विश्व मुटु दिवसको अवसरमा “स्वस्थ मुटुको लागी साइक्लिङ्ग” भन्ने जनचेतनामुलक वृहत साईकल ¥याली आयोजना गरिएको हो।

यस बर्ष देखि पोखरामा ¥यालीको रुपमा शुरु गरिए पनि आउँदा दिनमा भने प्रतियोगिताको रुपमा बिकास गरिने “टुर दि पोखराका” संयोजक निरज थापाले जानकारी दिए।

एसिया मानबअधिकार तथा सास्कृतिक बिकास मञ्चका केन्द्रिय अध्यक्ष तथा हेरालो प्रतिष्ठानका संस्थापक उपाध्यक्ष थापाले टुर दि पोखरा अभियानको संयोजन गरिरहेका छन्। अभियानलाई सफल पार्न युरोपबाट संचालित नेपालीनेपाली डटकमले यसबारे समाग्रीहरु प्रकाशित गर्दै आएको छ। कार्यक्रमलाई सफल पार्नको लागि कार्यक्रम संयोजक थापा सँग प्रधानसम्पादक बसन्त रानाभाटले लिएको अडियो अन्तरबार्ता।

नोट:- प्रस्तुत अन्तर्वार्तालाई रेडियो स्पेननेपालले समेत प्रसारण गरेको थियो।