फिन्ल्यान्डबासी दिदीबहिनीहरु पनि तीजको रौनकमा


श्रवण खनाल/ हेल्सिन्की
प्रबासमा तीजको रौँनकता बढीरहेका बेला फिनल्याण्डक दिदीबहिनीहरु पनि तीज कार्यक्रममा रमाएका छन्। फिनिश नेपाली समाजले गत आईतवार राजधानी हेल्सिन्कीमा आयोजना गरेको कार्यक्रममा दिदीबहिनीहरु रमाएका हुन्। त्यही जन्मेका नेपाली बालबालिकाहरुले नेपाली गीत संगीतमा नाचगान गर्दा अभिभाबक लगायत उपस्थित दर्शकहरु उत्साहित रमाए।

करिब ४ सय ५० जना सहभागिहरु रहेको तीज कार्यक्रममा दिदिबहिनिहरु रमाए। समाजका सचिव सन्जु काउछाले आगन्तुकहरुबाट प्रबेश शुल्क ५ यूरो र चिठ्ठा खेलाएर सँकलन गरेको रकम नेपालमा सामाजिक क्षेत्रमा खर्च गरिने जानकारी गराएका छन्।

सदस्यहरु  शालु कँडेल र लक्ष्मी अर्यालले  तीज कार्यक्रम फिन्ल्याण्डमा रहेका सम्पूर्ण महिलाहरुको कार्यक्रम भएको हुँदा आयोजक को हो भन्ने कुरा गौण हुने र भबिष्यमा यस्ता कार्यक्रमहरु आयोजना गर्दा थप उर्जा एबम सहयोग मिलोस भन्ने कामाना गरे।

कार्यक्रममा सहभागीहरुलाई काठमाडौं प्यालेस , गुर्खा र मकालु रेस्टुराँहरुले सयुक्त रुपमा स्वादिस्ट खाना निशुल्क रुपमा उपलब्ध गराएका थिए। समाजकी सल्लाहाकार कोमल पौड्यालले सबैलाई चियाको ब्यवस्था स्वतस्फुर्त गरिन्।

समाजले आफ्नो स्थापना काल देखि नै तीज दशै लगायत पर्बहरुमा कार्यक्रम आयोजना गर्ने लगायत नेपालमा बिभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ। अब छिट्टै नै दसैं तिहार कार्यक्रम आयोजना गर्ने अध्यक्ष हेमराज शर्माले जानकारी दिए ।

यस अघी ९ तारिखका दिन गैर आवाशिय नेपाली सँघ महिला फोरुम फिन्ल्याण्डले लोकप्रिय गायिका कोमल वलीसँग साँगितिक साँझ सम्पन्न गरेको थियो। युरोपका बिभिन्न मुलुकहरुको भ्रमणमा रहेको अवसर छोपेर फोरुमले कोमल वली सँग यहाँका नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई नाच्ने र गाउँने मौका मिलाएको हो।