बेल्जियमका दिदीबहिनीहरु पनि तीजमा रमाए


बेल्जियम । ईन्द्रधनुष क्लव बेल्जियमले यस बर्ष पनि हरितालिका तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । १२ बर्ष देखि लगातार तीज कार्यक्रम गर्दै आएको क्लबले लुभेनमा एक भब्य समारोह बीच कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा लोकगायिका कोमल ओलीले तीजे भाकाहरु प्र्स्तुत गर्दै दिदीबहिनीहरुलाई नचाएकी थिईन्। गायिका बलीले तीजे भाका अलवा आफ्ना चर्चित पुराना गीतहरु प्रस्तुत गरिन्। करिव पाँच सय नेपालीहरुको सहभागिता रहेको कार्यक्रममा निकै रोचक बनेको थियो। कार्यक्रममा स्थानीय कलाकारहरुले प्रस्तुती समेत राखे।

कार्यक्रमका प्रमुख अतिथि गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमका नवनिर्वाचित अध्यक्ष गंगाधार गौतमले तीजको शुभकामाना ब्यक्त गर्दै क्लबले स्थापना काल देखि नै तीज कार्यक्रम गर्दै माईतिको झल्को मेटाउन सफल भएकोमा प्रशंसा गरे।

आईसी सदस्य जानकी गुरुङ, बेल्जियमा तीज कार्यक्रम सस्थापक संयोजक रहेकी सीता सापकोटा, क्षेत्री समाजका अध्यक्ष मोहन खत्री, सांग्रीला सामाजका अध्यक्ष खडक के सी, एनआरएनए बेल्जियमका प्रस्तावित आईसी सदस्य नेत्र मगर, महासचिव लोक दाहाल, कोषाध्यक्ष आङ माया लामा, आक्ली फ्लान्दारें का फोर्जितर फर्नान्डो लगायत बेल्जियमका बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

स्मरण रहोस् ईन्द्रधनुष क्लव बिगत बाह्र बर्ष देखि नेपाली दिदीबहिनीहरुलाई बेल्जियममा हरेक बर्ष तीजमा माईतिको सम्झना दिलाउदै आएको बेल्जियम नेपालीहरुको पुरानो साझा संस्थाको रुपमा रहेको छ ।

Program-Photo5Program-Photo2