एनआरएन अध्यक्ष शेष घले ईटालीमा ,पोर्चुगल र बेलायतमा पनि पुग्ने


बार्सिलोना/ गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले आज ईटाली आईपुगेका छन्। देशमा भूकम्प जाँदा गैर आबासीयहरुले पुर्याएको योगदान स्वरूप,यस अघिको जस्तै धन्यबाद तथा आभार प्रकट कार्यक्रमका लागि घले ईटाली पुगेका हुन्।

गैरआवासीय नेपाली संघ अमेरिकाको बिशेष साधारणसभालाई न्यूयोर्कमा सम्बोधन सकेर घलेले पुन: युरोप भम्रण गरेका हुन्। ईटालीका एनआरएनहरुसँग छलफल पछि भने भोलीको कार्यक्रम पोर्चुगलमा रहेको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले अध्यक्ष घलेको उपस्थितिमा धन्यबाद तथा आभार प्रकटको कार्यक्रम रहेको जनाएको छ।

यसैबीच घलेले पोर्चुगलबासी एनआरएनहरु सँग अन्तरक्रिया अगष्ट १७ तारिक बिहिबार गरिसके पछि बेलायत पुग्ने कार्यक्रम रहेको छ। घलेको उपस्थितिमा गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके)को नव निर्वाचित कार्यसमितिले बिहीबार सांझ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

गत महिना मात्र युरोपको भ्रमण गरेका घलेले जर्मनी,नेदरल्यान्ड्स, बेल्जियम,लक्जम्बर्ग,फ्रान्सका र स्पेनका एनआरएनहरु सँग छलफल गरेका थिए।भूकम्पमा सहयोग पुर्याएको भन्दै घलेले गैर आबासीयहरुलाई धन्यबाद र आभार प्रकट गर्ने कार्यक्रम भएता पनि युरोपका एनआरएनहरुले पुन : नेतृत्व लिन उनलाई दबाब दिएका थिए।