नेपाली चेलीले पुर्याईन् ‘बेबी मसाजको’ सन्देश, स्विट्जरल्याण्डका अस्पतालसम्म


स्विट्जरल्याण्ड /  एक नेपाली चेली नास्मा साईब्लर-श्रेष्ठले नेपालमा प्रचलित रहेको बेबी मसाजलाई स्विट्जरल्याण्डका अस्पतालहरुमा निकै लोकप्रिय बनाएकी छन्। बेबी मसाज सम्बन्धी पुस्तक प्रकाशित गर्दै,तथा स्वास्थ्यकर्मीहरुलाई मसाजबारे ज्ञान बाड्दै स्कुल नै खोलेर लोकप्रिय बनाएकी हुन्।

बेबी मसाज भन्नाले तेल लगाउँने बिधि भन्ने बुझिन्छ। ३२ वर्ष पहिला स्विट्जरल्याण्डको अस्पतालमा नास्माले पहिलो छोरी जन्माए यो बिधि बारे पहिलो पटक स्विसबासी समुदायले देखेको थियो। सुत्केरी छोरी र नातिनी भेट्न पुगेकी नास्माकी आमाले नातिनीलाई मालिस गरेको देखेर स्विसबासी छक्क परेका थिए।

तर अहिले आएर तेल लगाउने विधि (बेबी मसाज) यति लोकप्रिय बन्यो कि अस्पतालका नर्स, मिडवाइफ, फिजियोथेरापि सम्मले यो बारे सिकेका छन्। नेपाली चेली नास्माले यो बारे स्कुल,पुस्तक लगायत प्रत्यक्ष रुपमा अनुभव साट्दै जाँदा यो सम्भव भएको हो।

गर्भरहँदा विशेष ध्यान दिएर अस्पतालमा बच्चा जन्माउनुपर्छ भन्ने थाहा भए पनि बच्चासँग संवाद गर्दै आमा वा परिवारका अन्य सदस्यले मालिस गर्ने विधि थाहा नपाएका त्यहाँका स्वास्थ्यकर्मी र मानिसहरूलाई नास्माले राम्रो सँग सिकाइन्। नास्माले बेबी मसाज स्कूल समेत खोलेकी छन्।

स्वीट्जरल्याण्डको जुरिक शहरमा खोलिएको उनको स्कूलले अहिलेसम्म हजारौ भन्दा धेरै लाई तालिम लिईसकेका छन्।  नेवार समुदायमा प्रचलित “बेबी मसाज” बारे नास्माले लेखेको पुस्तकअंग्रेजी र जर्मन भाषामा समेत प्रकाशित भईसकेको छ।

स्विट्जरल्याण्डको जुरीख शहरमा स्थाई बसोबास गर्दै आएकी नास्माले नेपालको धुलिखेल अस्पतालको एक कक्षमा “बेबी मसाज बिएमएन पाइलट-परियोजना संचालन समेत गरेकी छन्। उक्त पाइलट-परियोजनाको उद्घाटन नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. उर्स हेरनले गरेका थिए।