टुरिष्ट बुकसप एशोसियशनको साधारण सभा सम्पन्न


कृष्ण रानाभाट/ पोखरा

टुरिष्ट वुकसप एसोसियशन लेकसाईड पोखराको १२ औं साधारण सभा शुक्रबार भुम्दी, पोखरा २५मा सम्पन्न भयो। साधारण सभाले सचिव भरत पौडेलको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष धनबहादुर लम्सालको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेका थियो।

कार्यक्रममा होटल एशोसिएसनका महासचिव भेकेन्द्रकुमार श्रेष्ठ, नेपाल पुस्तक व्यवसायी संघका उपाध्यक्ष अर्जुन पोख्रेल, टेसा कास्कीका उपाध्यक्ष रामचन्द्र गिरी, एनएमईका शेषकान्त पौडेल, भुम्दी टुनार आमा समुहकी उपाध्यक्ष राधा गुरुङलगाएतले शुभकामना व्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष प्रेमप्रसाद शर्माले ग्रामिण पर्यटन प्रवद्र्धन गर्न हरेक वर्ष संस्थाको साधारणसभा नेपालका ग्रामिण वस्तीहरुमा मनाउदै आएकोमा यस वर्ष भुम्दीको होम स्टेमा आयोजना गरिएको वताए। अध्यक्ष प्रेमप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चन्द्रकाजी गुरुङ र संचालन सचिव भरत पौडेलले गरेका थिए।